- Loading...
आलु उत्पादनमा वृद्धि
- कृषि टि.भी.
- ४ साल अघि
- २० पटक पढिएको

डडेल्धुरामा यो वर्ष आलु उत्पादनमा ४० प्रतिशतले वृद्धि भएको छ । आलुका लागि यो वर्ष उपयुक्त मौसम हुनुका साथै आलु खेती गर्ने जमीनको क्षेत्रफलमा वृद्धि भएकाले आलुको उत्पादनमा ३० प्रतिशतले वृद्धि भएको कृषि ज्ञान केन्द्र कार्यालय डडेल्धुराले जनाएको छ ।
चालू आर्थिक वर्षमा डडेल्धुरामा २५ हजार मेट्रीक टन आलु उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले जनाएको छ । जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले गत वर्ष ५० मेट्रीक टन आलुको बिउँ वितरण गरेको थियो भने यो वर्ष करीब १ सय मेट्रीक टन आलुको बिउँ अनुदानमा वितरण गरेको थियो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्र्तगत डडेल्धुरालाई आलु उत्पादनको सुपर जोन क्षेत्र घोषणा गरे भएपछि किसान झनै उत्साहित भएका छन् । आलु खेतीबाट राम्रो आम्दानी हुन थालेपछि केही वर्ष यतादेखि आलु खेतीतर्फ किसानको आकर्षण बढ्दै गैरहेको छ । आलु खेतीतर्फ किसानको आकर्षण बढाउन जिल्ला कृषि विकास कार्यालयले विभिन्न कार्यक्रमअन्र्तगत अनुदानमा आलुको बिउँ वितरणका साथै प्राविधिक सहयोगसमेत दिँदै आएको छ । जिल्लाको अमरगढी नगरपालीका, आलिताल गाउँपालिका, भागेश्वर गाउँपालिका, गन्यापधुरा गाउँपालिकालाई आलु खेतीका लागि पकेट क्षेत्र घोषणासमेत गरेको छ । डडेल्धुरामा हिउँदे आलु ५ सय ५५ हेक्टर क्षेत्रफलमा र वर्षे आलु २ सय ८५ हेक्टर क्षेत्रफलमा खेती गरिदैं आएको छ । गत आर्थिक वर्ष डडेल्धुराबाट तीन हजार मेट्रीक टन आलु निर्यात भएको थियो ।।

