FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • अब बाख्राको पनि बीमा गर्न सकिने

    • कृषि टि.भी.
    • ४ साल अघि
    • २६ पटक पढिएको
    अब बाख्राको पनि बीमा गर्न सकिने

    ललितपुर।  किसानले अब बाख्राको पनि बीमा गर्न पाउने भएका छन् । बीमा समितिले यसै सातादेखि लागू गरेको ‘बाख्रा बीमालेख’ अन्तर्गत ५ वर्ष उमेरसम्मका बाख्राको बीमा गर्न सकिनेछ । बीमालेख अनुसार बीमा गरिने बाख्राहरू स्वस्थ हुनुपर्नेछ । यसका निम्ति किसानले बाख्रालाई जुकाको औषधि खुवाएको र ‘पीपीआर रोगविरुद्धको भ्याक्सिन’ लगाएको प्रमाणपत्र पेश गर्नुपर्नेछ ।बाख्राको खोरपशु सेवा विभागको मापदण्ड अनुसार बनाएको हुनुपर्नेछ । साथै, निर्धारित बीमांकको वार्षिक ५ प्रतिशतका दरले बीमाशुल्क तिर्नुपर्नेछ ।बीमित बाख्रा मरेमा आवश्यक कागजपत्रसहित १५ दिनभित्र दाबी पेश गरेपछि बीमा कम्पनीले किसानलाई क्षतिको ९० प्रतिशत भुुक्तानी गर्नेछ । यसअन्तर्गत बाख्रापालक किसानको रू। २ लाख बराबरको दुर्घटना मृत्यु लाभ बीमा पनि समेटिएको छ । त्यसका लागि वार्षिक रू। १०० बीमाशुल्क तिर्नुपर्नेछ ।

    बीमा समितिका अनशुरार आगलागी, चट्याङ, भूकम्प, बाढी तथा रोगबाट हुने मृत्यु लगायत बाख्रामा हुने अधिकांश जोखिमको रक्षावरण हुने छ। किसानको लापरबाहीबाट बाख्राको मृत्यु भएमा भने क्षतिपूर्ति दिइनेछैन । बीमालेख अनुसार क्षतिपूर्तिको कुनै दाबी नपरेमा बीमालेख नवीकरण गर्दा पहिलो वर्षमा ५, दोस्रो वर्षमा ७ र तेस्रो वर्षमा १० प्रतिशत छूट पाइनेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित