- Loading...
अलैंचीको मूल्य न्यून विन्दुमा
- कृषि टि.भी.
- ४ साल अघि
- १० पटक पढिएको

पूवी पहाडी जिल्लाका मुख्य नगदे बाली अलैँचीको भाउ ८ वर्षयताकै न्यून विन्दुमा पुगेको छ । कुनै समय प्रतिमन एक लाख २० हजार सम्मममा बिक्री भएको अलैँची अहिले २४ हजारमा झरेसँगै किसान र व्यवसायी चिन्तित भएका छन् ।
यो मूल्य ८ वर्षयताकै कम हो । पाँचथरमा सनिबार प्रतिमन २४ देखि २६ हजारमा कारोबार भएको थियो । अलैँची कारोबार हुने अन्तिम सिजनसम्ममा पनि अलैँचीको भाउ ओरालो लाग्ने क्रम नरोकिएपछि किसान तथा व्यापारी चिन्तित बनेका छन् ।

अलैँची कारोबार हुने मुख्य सिजन असोज, कात्तिकको महिनामा भाउ नबढेपछि भाउ बढ्ने आशामा घरमै थन्काएर राखेको अलैँची सिजनको अन्तिम समयसम्म पनि भाउ ओरालो लाग्ने क्रम नरोकिएपछि कम मूल्यमै वेच्न बाध्य भएको किसानहरुले गुनासो गरेका छन् । विगतका वर्षमा विभिन्न खालको प्रकोपको सामना गरेका अलैँची किसान अहिले आएर प्रकोप हटे पनि मूल्य बर्सेनि ओरालो लाग्दै जाँदा अलैँची पेशामा लागेका किसान निराश भएका छन् । अलैँची विकास केन्द्र फिक्कल इलामका अनुसार पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा चार हजार १ सय ५० हेक्टरमा अलैँची खेती हुने गर्दछ । जुन नेपालमै सबैभन्दा धेरै हो । यस्तै पाँचथरमा एक हजार ७ सय ३७ र इलाममा १ हजार २ सय हेक्टर जमिनमा अलैँची खेती हुँदै आएको छ ।

