FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • उद्योग वर्ष घोषणा

    • कृषि टि.भी.
    • ४ साल अघि
    • १७ पटक पढिएको
    उद्योग वर्ष घोषणा

    प्रदेश–३ सरकारले आफ्नो प्रदेशलाई उद्योग हबका रूपमा स्थापित गर्ने दीर्घकालीन रणनीति तयार पारेको छ । प्रदेशको उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयले त्यसका लागि विस्तृत अध्ययन गरी रणनीति तयार पारिएको हो । हाल रहेका उद्योगहरूलाई व्यवस्थित गर्दै प्रवद्र्धन गर्ने तत्कालीन योजनामा उल्लेख गरिएको छ । दीर्घकालीन योजनामा नयाँ उद्योग विस्तारका लागि स्वदेशी र विदेशी लगानीकर्तालाई आकर्षित गर्ने, नयाँ औद्योगिक क्षेत्र निर्माण गर्ने लगायत समेटिएका छन् ।   

    लगानीमैत्री कानून निर्माणाधीन रहेको मन्त्रालयले जनाएको छ । पहिलो चरणमा सिन्धुली, नुवाकोट, काभ्रे र धादिङमा नयाँ औद्योगिक क्षेत्र निर्माण गरि राजधानीमा भएका उद्योगलाई उपत्यका बाहिर सार्ने योजना मन्त्रालयले बनाएको छ । मन्त्रालयले औद्योगिक क्षेत्र निर्माण र जोन घोषणालाई प्राथमिकता दिइएको छ । त्यस्ता जोन र औद्योगिक क्षेत्रमा रहने उद्योगलाई विशेष सुविधा दिने मन्त्रालयले जनाएको छ । प्रदेश–३ सरकारले भौतिक पूर्वाधार, कृषि, सेवा, उद्योग, पर्यटनलाई प्रदेशको समृद्धिका आधारका रूपमा तय गरेको छ । लगानी सम्मेलनका लागि समृद्धिका आधारलाई प्राथमिकतामा राखेर योजनाहरू तयार गरिएको मन्त्रालयले जनाएको छ । लगानीकर्तालाई आकर्षित गर्न प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७५÷७६ लाई उद्योग वर्ष घोषणा गरेको हो । उद्योगमा लगानी भित्रयाउन प्रदेश सरकारले जमीन उपलब्ध गराउने मन्त्रालयको तयारी छ । पूर्वाधार विकास, विद्युत, खानेपानी र सुरक्षाको प्रत्याभूति गर्न सोही अनुसारका कानून निर्माण भइरहेको मन्त्रालयले जनाएको छ । उद्योगहरूलाई श्रमिकमैत्री र हडतालरहित बनाउन प्रदेश सरकारले कडा कानून समेत ल्याउने भएको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित