FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • पुनःनिर्माण सुस्त

    • कृषि टि.भी.
    • ४ साल अघि
    • २२ पटक पढिएको
    पुनःनिर्माण सुस्त

    |k|l;4 wfld{s:yn uf]/vfsf] dgsfdgf dlGb/ dd{t ub}{ sfdbf/ . tl:a/ M k|zGg kf]v/]n, uf]/vf, /f;;

    प्रतिनिधिसभा अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध समितिले पुरातात्विक सम्पदामा देखिएका समस्या अध्ययन गर्न विश्वसम्पदामा सूचीकृत सांस्कृतिक क्षेत्र अध्ययन तथा अनुगमन उपसमिति गठन गरेको छ ।  सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले सांसद सुजिता शाक्यको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन गरेको हो । बैठकमा विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदा हनुमानढोका क्षेत्रमा देखिएका समस्या सम्बन्धमा छलफल भएको थियो । उपसमितिलाई काठमाडौँ उपत्यकाका सबै सम्पदा क्षेत्रमा देखिएका समस्याका बारेमा अध्ययन गरी प्रतिवेदन तयार गर्न तीन महीनाको अवधि निर्धारण गरिएको छ ।   

    पुरातात्विक  सम्पदा क्षेत्रको पुनःनिर्माणका क्रममा देखिएका समस्याका बारेमा उठेका विषयवस्तु गम्भीर भएकाले थप अध्ययन गर्न उपसमिति गठन गरिएको समितिले जनाएको छ । बैठकमा सांसदहरुले पुरात्वात्वीक सम्पदाको संरक्षणका लागी सरकोकारवाला निकाय निकै सुस्त देखिएको धारणा राखेका थिए । सांसद माधवकुमार नेपालले नेपालले कानून मिचेर सम्पदा क्षेत्रलाई असर पार्ने गरी कम्प्लेक्स निर्माण गरेको भए डोजर लगाएर भत्काउनुपर्ने बताउनुभयो । साथै उहाँले नियम कानूनभन्दा माथि कोही नहुने भन्दै सम्पदाको पुनःनिर्माण गर्दा मौलिक शैलीमा जस्ताको त्यस्तै बनाउनु्पर्ने धारणा व्यक्त गर्नुभयो । बैठकमा पुरातत्व विभागका कामु महानिर्देशक दामोदर गौतमले भूकम्पले क्षतिग्रस्त पुरातात्विक सम्पदाको पुनःनिर्माणको अवस्थाबारे जानकारी गराउँदै हालसम्म २८ प्रतिशत कार्य सम्पन्न भएको जानकारी गराउनुभएको थियो । यस वर्ष ३० प्रतिशत पुनःनिर्माण सम्पन्न हुने र बाँकी आगामी दुई वर्षमा सकिने उहाँले जानकारी दिनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित