- Loading...
जुम्ली अर्गानिक स्याउ
- कृषि टि.भी.
- ४ साल अघि
- २२ पटक पढिएको

जुम्लामा यस वर्ष स्याउ बिक्रीबाट ३२ करोड रुपैयाँ भित्रिएको छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा यस वर्ष पाँच हजार ६ सय मेट्रिकटन भन्दा बढी स्याउ उत्पादन भएको थियो । जिल्लाका स्याउ कृषक प्रति परिवार २० हजार देखि १० लाख सम्म आम्दानी गर्न सफल भएका छन् । गत वर्ष तीन हजार सात सय टन स्याउ बिक्री हुँदा जिल्लालाई १७ करोड आम्दानी भएको थियो । जुम्लाका आठ वटा स्थानीय तहबाट स्याउ बिक्रीका लागि करिब तीन सय व्यवसायीले अनुमति लिएका छन् ।

प्रतिकेजी ५० रुपैयाँका दरले खरिद गरेका व्यवसायीले स्थानीय तहलाई पनि लाखौं कर तिरका छन् । जिल्ला बाहिर काठमाडौं, नेपालगन्ज, सुर्खेत, विराटनगर, पोखरा महेन्द्रनगर लगायत देशका प्रमुख सहरमा जुम्ली स्याउ बिक्री हुने गरेको छ । स्याउलाई ए, बी र सी गे्रडमा वर्गीकरण गरी बिक्री गरिँदै आईएको छ । अन्य ग्रेडको स्याउ भने स्थानीय स्तरमै जाम, जेली, जुस, साइटर स्याउ चाना र मदिरा बनाउन प्रयोग गरिने स्थानयको भनाई छ । केन्द्रको तथ्यांक अनुसार जिल्लाको कुल तीन हजार चार सय ५० हेक्टर जमिनमा स्याउ खेती हुँदै आएको छ । कुल १८ हजार घरधुरी मध्ये करिब १५ हजार घरमा स्याउ बगैंचा स्थापना भएका छन् ।

