- Loading...
अलैंचीको मुल्यमा गिरावट
- कृषि टि.भी.
- ४ साल अघि
- ३६ पटक पढिएको

पुर्वि पहाडि जिल्लाहरुमा उत्पादित अलैंची मध्ये बिक्री गर्न तयार पारिएको करिब ५० प्रतिशत अलैँची गोदाममै थन्किएको छ ।
भाउ बढ्ने आशमा अलैंची व्यवसायीले एक वर्ष अघि देखिको अलैँची गोदामै थन्क्याएर राखेका हुन् । गोदाममा लामो समय देखि राख्दा अलैँचीमा ढुसी आएको नेपाल अलैंची व्यवसायी महासंघले जनाएको छ । एक वर्ष अघि सम्म एक लाख २० हजारमा कारोबार भएको अलैंचीको मूल्यमा गिरावट आएपछि विभिन्न जिल्लाबाट खरिद गरेको अलैंची व्यवसायीहरुले गोदाममा राखेका थिए । भाउ बढेको समयमा व्यवसायीले ठूलो परिमाणमा अलैंची खरिद गरेका थिए ।

बिक्री गर्दै गर्दा भाउ घटे पछि गोदाममा थन्क्याइएको व्यवसायिको भनाई छ । नेपालमा एक सिजनमा करिब पाँच हजार मेट्रिकटन अलैंची उत्पादन हुने गरेको छ । त्यस मध्ये करिब तीन हजार मेट्रिकटन नेपाली व्यापारीकै गोदाममा थन्किने गरेको छ । अहिले झापाको बिर्तामोड सहित, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, धनकुटा लगायत स्थानमा किसान र व्यापारीहरुले भाउ बढ्ने आशमा अलैंची गोदाममा नै राखेका छन् । भारत सरकारले लागू गरेको वस्तु तथा सेवा करकमा कारण पनि नेपाली अलैंची निर्यातमा समस्या आएको व्यापारीहरूको भनाई छ । अलैंचीमा मिसावट भए पछि अन्तर्रा्ष्ट्रिय ट्रेडमार्क प्रक्रिया समेत रोकिएको छ । विश्व बजारमा गुणस्तर र उत्पादन दुवै दृष्टिकोणबाट राम्रो मानिने नेपाली अलैंचीको खस्कँदो मूल्यका कारण किसान मर्कामा परेका छन

