- Loading...
जडीबुटी निर्यात बढ्दै
- कृषि टि.भी.
- ४ साल अघि
- १६ पटक पढिएको

नेपालगन्जको सत्या इन्टरनेसनलले ठुलो मात्रामा जडीबुटी विदेश निर्यात गर्ने गरेको छ । हरेक वर्ष दुई देखि साढे दुई करोड रुपैयाँ बराबरको जडिबुटी युरोप र अमेरिकामा निकासी गरिरहेको सञ्चालकको भनाई छ । यहाका स्थानीयले पहाडी र हिमाली जिल्लाबाट जडीबुटी संकलन गरेर ल्याउने र नेपालगन्जमा भण्डारण गरी भारतमा लगेर बेच्ने गरेका छन् । अहिले नेपालगन्जबाट भारतका अलावा युरोप, अमेरिका, चीन, बंगलादेश लगायतका देशमा जडीबुटी निकासी भइरहेको छ । विगत केही महिना देखि भारतले नेपालबाट सहज रूपमा निकासी भइरहेका सबै किसिमका जडीबुटी भने जान दिएको छैन ।

यस्तो बेलामा केही जडीबुटीका लागि तेस्रो मुलुक नयाँ गन्तव्य बनेको छ । नेपाल जडीबुटी व्यवसायी संघ केन्द्रीय कार्यालय नेपालगन्जका अनुसार गत आर्थिक वर्ष नेपालगन्जबाट ४९ प्रकारका जडीबुटी २७ लाख ५४ हजार दुई सय किलो निकासी भएको थियो । युरोप, अमेरिका लगायत तेस्रो मुलुक भने ६९ हजार ६ सय ३४ किलो प्रशोधित जडीबुटी निकासी भएको थियो । नेपालगन्जबाट निकासी हुने अधिकांश जडीबुटी प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट संकलन गरेर ल्याउने गरिएको छ

