FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • चैते धानको खेती घट्दै

    • कृषि टि.भी.
    • ३ साल अघि
    • ११ पटक पढिएको
    चैते धानको खेती घट्दै

    सिँचाइ सुविधाको पहुँच नहुँदा र मिहिनेत अनुसार मूल्य नपाए पछि उदयपुरका किसानले चैते धान खेती गर्न छोडेका छन् । विगत वर्षमा चैतको पहिलो साता सम्म धान रोपिसक्ने किसानहरूले यस वर्ष भने फाटफुट रूपमा मात्रै चैते धान रोपेका छन् । उदयपुरमा एक हजार २ सय ५८ हेक्टर क्षेत्रफलमा चैते धान खेती हुने गरेको कृषि अध्ययन केन्द्रको तथ्याङ्कले देखाएको छ । तर यो क्षेत्रफल हरेक वर्ष घट्दै गएको छ । कृषि ज्ञान केन्द्रका अनुसार चैते धानलाई समेत सिँचाइ हुने गरी क्षेत्र थपिएको छ तर खेती गर्ने क्षेत्र भने घट्दै गएको छ । विषेश गरी किसानले सिम खेतमा चैते धान खेती गर्ने गरेका छन् । 

    तर पछिल्लो समय सिम खेत मासिँदै गएको र सिँचाइका लागि थप अन्य सुविधा समेत उपलब्ध नहुँदा चैते धान रोप्न समस्या हुने गरेको किसानको गुनासो छ । चैते धान फागुन अन्तिम सातादेखि चैत दोेस्रो साता सम्म रोपाइँ गर्नुपर्ने भए पनि गत वर्षहरूमा पर्याप्त पानी नपरेकाले ब्याडमै विउ मरेपछि किसानले यो वर्ष खासै चासो नलिएको केन्द्रको भनाई छ । पछिल्लो समय जलवायु परिवर्तनसँगै खोलामा समेत पानीको सतह जमिन भन्दा धेरै तल गएको छ । जमिनको सतह माथि र पानीको सतह तल हुँदा सिँचाइ सुविधा अभाव हँुदै गएपछि चैते धानमा समस्या भएको केन्द्रले जनाएको छ । तर यस वर्ष समयमै पानी परे पनि किसानले ब्याड नै नराखेका कारण यो वर्ष चैते धानको रोपाइँ हुन नसकेको हो । उदयपुरमा चैते, भदैया र वर्षे धानको खेती १४ हजार ९४ हेक्टर भन्दा बढी क्षेत्रफलमा हुँदै आएको छ । आर्थि वर्ष २०७४÷७५ चैते धान तीन हजार ४ सय १५ मेट्रिकटन उत्पादन भएको ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित