FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • विश्व पानी दिवस

    • कृषि टि.भी.
    • ४ साल अघि
    • २६ पटक पढिएको
    विश्व पानी दिवस

    पानीको उपयोग तथा त्यसका स्रोतको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ विश्व पानी दिवस बिभिन्न कार्यक्रम गरी मनाइएको छ ।जलाधार क्षेत्रको संरक्षण, स्वच्छ पेय जलको अभावमा मानव शरीरमा लाग्ने रोग लगायत पानीको महत्वबारे सर्वसाधारणमा चेतना जगाउन सरकारी नियकाय र विभिन्न सामाजिक सङ्घसंस्थाले विविध कार्यक्रम आयोजना गरि मनाइएको हो । दिवसका अवसरमा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघले श्रृखलावद्ध बहसको सुरुवात गरेको छ ।

    कार्यक्रममा सहभागीहरुले विश्वमा अहिले पनि २ अर्ब भन्दा बढी जनसंख्या सुरक्षित पिउने पानीबाट बञ्चित रहेको भन्दै पानीको श्रोतको बिशेष संरक्षण गर्नु पर्ने बताएका थिए । विश्वभर पानीका स्रोत क्रमशः सुक्दै गएकाले तिनको संरक्षणमा संसारका सबै राष्ट्र अग्रसर हुनु पर्नेमा जोड दिँदै राष्ट्रसङ्घीय वातावरण तथा विकास महासभाले सन् १९९२ देखि नै विश्व पानी दिवस मनाउने घोषणा गरेको थियो । असुरक्षित पानी र कमजोर सरसफाइका कारण विश्वमा हरेक वर्ष ८ लाख ४२ हजार मानिसको ज्यान जाने गरेको तथ्यांक छ । नेपालको संविधानले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने गरी स्वास्थ्य सम्बन्धी हकको सुनिश्चित गरे पनि अहिले सम्म खानेपानीमा ८७ प्रतिशत र सरसफाइमा ९५ प्रतिशत सफलता प्राप्त भएको सरकारी तथ्यांक छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित