FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • लगानी सम्मेलनको तयारी

    • कृषि टि.भी.
    • ४ साल अघि
    • २१ पटक पढिएको
    लगानी सम्मेलनको तयारी

    प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न लगानी सम्मेलनको तयारीमा जुट्न निर्देशन दिनुभएको छ ।प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको उद्योग–वाणिज्य प्रवद्र्धन सम्वाद परिषद्को दोश्रो बैठकमा उहाले लगानीको वातावरण बनाउन र अधिकतम लगानी आवश्यक रहेको भन्दै यसको तयारीमा जुट्न निर्देशन दिनुभएको हो । उहाले बिदेशी लगानी भित्राउन नीजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने भन्दै सम्मेलको तयारीका लागी जुट्न आग्रह पनि गर्नुभयो । नेपालमा लगानीको क्षेत्रको पहिचानका साथै संभावना रहेको क्षेत्रका बारेमा थप अध्ययन गर्न पनि उहाले आग्रह गर्नुभयो । बैठक पछि नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले बैठक लगानी सम्मेलनलाई सफल बनाउने बिषयमा केन्द्रित भएको जानकारी दिनुभयो । त्यस्तै परिषद्को भावी मोडलका बारेमा पनि बैठकमा छलफल भएको उहाले बताउनुभयो ।  
    सरकारले गत असोज १५ गते प्रधानमन्त्रीको अध्यक्षतामा ३० सदस्यीय ‘उद्योग वाणिज्य प्रवद्र्धन संवाद परिषद्’ गठन गरेको थियो । परिषद्ले सरकार र निजी तथा व्यावसायिक क्षेत्रबीच अन्तक्र्रिया, समन्वय र समझदारी प्रवद्र्धन गर्दै लगानीका अवसर पहिचान गर्ने, लगानी प्रवद्र्धन गर्ने, उत्पादकत्व वृद्धि गर्ने, रोजगारी सिर्जना र आय वृद्धि गर्ने तथा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय अभियानलाई पूर्णता दिने उद्देश्य लिएको छ

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित