- Loading...
चितवनमा बर्डफ्लु देखिएन
- कृषि टि.भी.
- ४ साल अघि
- १७ पटक पढिएको

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनले हाल सम्म जिल्लामा बर्डफ्लु नदेखिएको जनाएको छ ।देशका विभिन्न क्षेत्रमा कुखुराजन्य वस्तु आयातमा रोक लगाएपछि कार्यालयले जिल्लामा बर्डफ्लु नदेखिएकाले ढुक्कसँग प्रयोग गर्न आग्रह गरेको हो । केन्द्रले मकवानपुर, काठमाडौँ र पोखरामा बर्डफ्लु देखिए पनि यहाँ भने समस्या नभएको बताएको छ । कृषकले जैविक सुरक्षामा सजगता अपनाएका कारण जिल्लामा बर्डफ्लु भित्रन नपाएको केन्द्रको भनाई छ । केन्द्रले नियमितरुपमा नमूना सङ्कलन गर्ने, जिल्ला स्थित प्रयोगशालामा परिक्षण गर्ने र शङ्कास्पद देखिएमा केन्द्रीय प्रयोगशालामा पठाउने काम गरिरहेको छ । कृषकले कुखुरा मरेमा परीक्षणका लागि प्रयोगशालामा ल्याउने गरेका छन् । केन्द्रले हाटबजार र शङ्कास्पद खोरको नमूना लिने काम गरिरहेको छ । कृषकले जैविक सुरक्षामा ध्यान दिन सकेमा रोग भित्रन नपाउने तथ अण्डा, मासु र चल्ला ओसार पसार गर्ने सवारीसाधनको सरसफाईमा विशेष ध्यान दिन सकेमा रोगबाट वच्न सकिने चिकित्सकहरुको भनाई छ । देशकै आधाभन्दा बढी कुखुराजन्य बस्तूको उत्पादन चितवनमा नै हुने गरेको छ ।


