FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • शहरीकरणको प्रभाव

    • कृषि टि.भी.
    • ४ साल अघि
    • २४ पटक पढिएको
    शहरीकरणको प्रभाव

    चितवनमा बढ्दै गइरहेको शहरीकरणको प्रभाव कुखुरापालन क्षेत्रमा पनि देखिएको छ । ह्याचरी, कुखुराको फार्म तथा दाना उद्योग भएको जग्गाको मूल्यमा उच्च वृद्धि भए पछि यहाँको ग्रामीण भेग तथा अन्य जिल्लामा पोल्टी खुल्ने क्रम बढेसँगै शहरीकरणको प्रभाव देखिएको हो । नेपाल पोल्ट्री व्यवसायी महासङ्घकाले नयाँ व्यवसायीले कम लगानीबाट व्यवसाय शुरु गर्ने भएकाले सस्तो जग्गा भाडाका लागि ग्रामीण क्षेत्रलाई आफ्नो रोजाइमा पारेको बताएको छ । जिल्लामा लामो समय देखि पोल्ट्री सञ्चालन गरेकाले पोल्ट्री क्षेत्रमा प्रदूषण भई कुखुरा राम्रो उत्पादन नहुने भएकाले पनि शहर भन्दा ग्रामीण क्षेत्र उपयुक्त हुने महासंघको भनाई छ । नेपाल दाना अण्डा तथा कुखुरा वितरक सङ्घका अनुसार डेढ वर्ष देखि पोल्ट्री व्यवसायी अन्य जिल्लामा गई पोल्ट्री व्यवसाय शुरु गर्न थालेका छन् । अहिले चितवनका पोल्ट्री व्यवसायीले दाङ, गोरखा, लमजुङ, तनहुँ, नगरकोट, रुपन्देही र चितवनकै ग्रामीण भेगमा पोल्ट्री खुल्ने क्रम बढेको व्यवसायीले बताएका छन् । जग्गाको भाडा सस्तो र जैविक सुरक्षाका दृष्टिकोणले अन्य जिल्ला तथा ग्रामिण क्षेत्र व्यवसायीको रोजाइमा परेको हो । पोल्ट्री व्यवसाय सञ्चालन गर्न २५ देखि २९ डिग्री तापक्रमलाई उपयुक्त मानिन्छ । हावापानीको हिसाबले चितवन भन्दा अन्य जिल्लाको तापक्रम कम हुने भएकाले व्यवसायी त्यस क्षेत्रमा लगानी गर्न उत्साहित देखिएका हुन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित