FLASH NEWS
- Loading...
माछा आयात ठप्प
- कृषि टि.भी.
- ४ साल अघि
- २२ पटक पढिएको

- सरकारले चैत्र १ गतेदेखि माछा मासु आयातमा क्वारेण्टाइन प्रमाणपत्र अनिवार्य गरे पछि विराटनगर भन्सार नाका भएर आउने माछाको आयात ठप्प भएको छ ।माछा आयात ठप्प भएपछि जिल्लामा माछाको मूल्य प्रती किलोग्राम करिब १ सय रुपैयाँ सम्म बढेको छ । विराटनगर भन्सार भएर दैनिक करिब ४ मेट्रिक टन सम्म माछा आयात हुने गरेको थियो । भारतको आन्ध्र प्रदेश र कलकत्ताबाट आउने माछा भन्सार नाकामा सामान्य चेकजाँच हुँदै आएकोमा सरकारले क्वारेण्टाइन प्रमाणपत्र अनिवार्य गरेपछि आयात घटेको हो ।
विराटनगरको सिमावर्ती बजार जोगबनी नजिक क्वारेण्टाइन कार्यालय नभएकाले माछा आयातमा समस्या भएको माछा आयातकर्ताहरुले बताएका छन् । भारतबाट मरेको माछा आयात हुने गरेको गुनासो आएपछि सरकारले चैत्र १ गते देखि माछा मासु आयातमा क्वारेण्टाइन प्रमाणपत्र अनिवार्य गरेको र अहिले सम्म एक किलो पनि माछा आयात नभएको पशु क्वारेण्टाइन कार्यालय विराटनगरले जनाएको छ । विराटनगरमा दैनिक करिब ५ मेट्रिक टन माछा खपत हुने गरेको छ । मोरङमा खपत हुने माछामा स्थानीय तहबाट ३० प्रतिशत र भारतबाट करिब ७० प्रतिशत आपूर्ति हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
