- Loading...
किवीमा कृषकको आकर्षण
- कृषि टि.भी.
- ३ साल अघि
- ११ पटक पढिएको

पश्चिम रुकुमका कृषकहरु किवी खेती तर्फ आकर्षित हुँन थालेका छन् । खाद्यान्न बाली उत्पादन हुने जग्गामा उनीहरूले व्यवसायिक किबी खेती सुरु गरेका हुन ।

बारीमा उत्पादन हुने मकै र गहुँबाट आम्दानी नहुने भए पछि किवी खेती तर्फ आकषर््िात भएको किसानले बताएका छन् । पहिलो पटक ६० घरधुरीले मात्र खेती सुरु गरे पनि अहिले अधिकांस किसान व्यवसायिक खेतीमा लागेकोले यसको क्षेत्र समेत विस्तार हँुदै गएको छ । बाँफिकोट गाउँपालिकाको ८ नम्बर वडामा मात्रै एक हजार बोट किबी लगाइएको छ । वडाको पहलमा किसानलाई निःशुल्क बिरुवा वितरण गरिएको थियो । कर्णाली प्रदेश सरकारको ६ लाख ६६ हजार अनुदानबाट उक्त बिरुवा खरिद गरिएको हो वडाको झन्डै ६७ रोपनी जग्गामा किबीका बिरुवा लगाइएको छ । किसानले किबीका बिरुवा लगाएसँगै त्यसलाई आवश्यक सिँचाइका लागि कुलो निर्माण पनि थालिएको छ । नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम, गाउँपालिका र वडा कार्यालयको बजेटबाट गाउँमा सिँचाइ योजना निर्माण हुन थालेको हो । जलवायुको १५ लाख, वडा कार्यालयको ४ लाख ९५ हजार र गाउँपालिकाको ४ लाख ५ हजार बजेटबाट सिँचाइ योजना निर्माण भइरहेको छ ।

