FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • चियाको ‘फस्ट फ्लस’ शुरु

    • कृषि टि.भी.
    • ४ साल अघि
    • २५ पटक पढिएको
    चियाको ‘फस्ट फ्लस’ शुरु

    यस वर्षको चियाको पहिलो टिपाइ ‘फस्ट फ्लस’ शुरु भएको छ । ‘फस्ट फ्लस’ लाई चियाको सबैभन्दा गुणस्तरीय उत्पादन र विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत मानिएको छ । यो सिजनको चिया प्रशोधन गर्न र गुणस्तरीयता कायम राख्न सकेमा किसान, उद्योगी र उपभोक्तालाई समेत फाइदा पुग्ने छ । उद्योगमा चिया बिक्री गर्ने किसानको चिया अर्गा्निक प्रमाणीकरण भइसकेकाले यो वर्ष तेस्रो मुलुकका नयाँ–नयाँ व्यापारीबाट चियाको माग उच्च रहेको छ ।   

    अहिले धेरै उद्योगहरुले प्रशोधनको कार्य समेत सुरु गरिसकेका छन् । गत वर्ष उत्पादन भएको सबै चिया विदेश निकासी भएको थियो । यो वर्ष पनि भारतका व्यापारी चिया किन्न आए पनि अर्गा्निक प्रमाणीकरण भएकाले भारतलाई भन्दा तेस्रो मुलुकका व्यापारीलाई विक्रि गर्दा बढि फाईदा हुने भएकोले फस्ट फ्लसलाई राम्रो र गुणस्तरीय बनाउनमा किसानले जोड दिएका छन् । यस वर्ष अधिकांस कृषकको पहिलो टिपाइको उत्पादन राम्रो भएको छ । जिल्लाका सबैजसो चियाका ठूला तथा साना उद्योगहरू फस्ट फ्लसको चिया प्रशोधनको तयारीमा रहेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित