- Loading...
आलुको नयाँ बीउ
- कृषि टि.भी.
- ४ साल अघि
- ३१ पटक पढिएको

काभ्रेको पाँचखाल स्थित मसला बाली विकास केन्द्रले विभिन्न जातका आलुको बीउ उत्पादन गरिरहेको छ । वर्षौंदेखि एउटै जात पुस्तान्तरण गरी आलुखेती गर्दा कम उत्पादन हुने भएपछि नयाँ पुस्ताका बीउ उत्पादन गरिएको केन्द्रले जानकारी दिएको छ । केन्द्रमा आलुको पूर्व मूलबीउ र मूल बीउ उत्पादन भईरहेको छ । आलुको बीउ उत्पादनका लागि कुनै प्रकारका किरा छिर्न नसक्ने दुईवटा ‘स्क्रिन हाउस’ भित्र ल्याबमा टिस्यु कल्चर गरिएका बिरुवा रोपिएको छ । रोपिएको बिरुवाबाट फलेको आलु पूर्व मूल बीउ बन्दछ, त्यसलाई पनि रोपेर फलाइए पछि मूल बीउ उत्पादन हुने छ । यो मौसममा रोपिएको ३ हजार ४ सय ४० बिरुवाबाट करीब २५ हजार दाना आलुको बीउ उत्पादन गर्ने केन्द्रले लक्ष्य लिइएको छ । केन्द्रका अनुसार अहिले जनकदेव र कार्डिनल जातको आलुको बीउ उत्पादन भइरहेको छ । एउटा बिरुवामा सातदेखि १० दाना सम्म फल्ने गर्दछ । उत्पादीत आलुको नयाँ बीउ किसान तथा बीउ बिक्रेतालाई दिइने छ । उत्पादित प्रिबेसिक नयाँ आलुको बीउ दानाको गन्तीमा बिक्री गरिने केन्द्रले जानकारी दिएको छ ।


