- Loading...
महिला किसानको गुनासो
- कृषि टि.भी.
- ३ साल अघि
- १४ पटक पढिएको

सुचनामा पहुच नपुग्दा सरकारी अनुदान र राहतका कार्यक्रम पाउनबाट वञ्चीत भएको किसान महिलाहरुले बताएका छन् । सुचना अभावमा निरन्तर कृषि कर्म गरेका महिलाहरुले पनि सरकारी प्रोत्साहन र सहयोग पाउन नसकेको उनीहरुले गुनासो गरेका हुन् । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ र संचारिका समूह प्रदेश ५ ले दाडको लमहीमा आयोजना गरेको किसान महिलाका लागि सुचनामा पहुंच विषयक अभिमुखीकरण कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् । उनिहरुले उत्पादनमा धेरै महिला सहभागी हुने भए पनि बजारीकरण र सीप विकास कार्यक्रममा आफूहरुले स्थान नपाएको बताका छन् । यसले गर्दा नया प्रविधिको उपयोग गर्न, यान्त्रीकरणमा जान र व्यवसायीक बन्न नसकेको उनीहरुको गुनासो छ । त्यस्तै कृषिको उत्पादन बढाउने, कृषिबाट संवृद्ध प्रदेश बनाउने र वास्तवीक किसानको पहुचमा राहत पुर्याउने हो भने किसान महिलाको सञ्जाल गठन गर्न र उनीहरु मार्फत सुचना प्रवाह गर्न उनीहरुले आग्रह गरेका छन् । किसान महिलाको गुनासो तथा सुझाबपछि बोल्दै प्रदेशको कृषि विकास निर्देशनालयका निर्देशक डा. शान्ता कार्कीले हरेक स्थानीय तहमा एक एक जना अगुवा किसान महिला छनोट गरेर सुचना प्रवाह गर्ने योजना बनाएको बताउनु भयो । किसान महिलालाई फोन र इन्टरनेटको प्रयोगबाट प्रदेश सरकारसित जोडिन आग्रह गर्दै उहाँले हरेक जिल्लाका कृषि ज्ञान केन्द्र र विज्ञ केन्द्रबाट पनि फाइदा लिन आग्रह गनुभएको छ ।


