FLASH NEWS
- Loading...
स्याउको माग उच्च
- कृषि टि.भी.
- ४ साल अघि
- २८ पटक पढिएको

हिमाली जिल्ला मुगु राष्ट्रिय सडक संजालमा जोडिए पछि बजारमा स्याउको माग बढेको छ । स्याउको माग बढेपछि मुगुका कृषकहरु स्याउको विरुवा लगाउने र उत्पादन गर्ने तर्फ आकर्षित भएका छन् । यो बर्ष जिल्लामा २० लाख भन्दा बढी स्याउको विरुवा खरिद–बिक्री भएको छ । जिल्लाका स्थानीय सरकार र विभिन्न संघ संस्थाले मुगुका स्थानीय बासीहरुलाई स्याउबाट आत्मनिर्भर बनाउने उद्देश्यले प्रत्येक बर्ष अनुदानमा स्याउको बिरुवा बितरण गर्दै आएको छ ।
-
- मुगुको लागि उप्लब्ध स्याउको विरुवामा ४३ हजार स्याउका बिरुवा अपुग भएको छ । जिल्लाका कृषकहरुको स्याउको बिरुवा मागको संख्या भने ९२ हजार रहेको छ । माग अनुसार स्याउको बिरुवा नपुगेपछि कृषकहरु परम्परागत तरिकाबाट स्याउको विरुवा उत्पादन गर्नमा व्यस्त हुन थालेका छन् । उनीहरुमा आधुनिक प्रविधिको ज्ञान नभएपछि परम्परागत तरिका अपनाउन बाध्य भएका हुन् । जिल्ला भरी नै स्याउको बिरुवा स्थानीय बासीले लगाउन थाले पनि माग अनुसार स्याउको विरुवाको पुर्ति नभएको कृषि ज्ञान केन्द्र जुम्लाले जनाएको छ । कृषकले स्याउको बिरुवाबाट प्रत्येक बर्ष ३ देखि ४ लाख सम्म कमाउने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस
