FLASH NEWS
- Loading...
ब्रुमर सञ्चालन
- कृषि टि.भी.
- ४ साल अघि
- १८ पटक पढिएको

- शहर सफा गर्न काठमाडौं महानगरपालिकाले इटलीबाट आयात गरेको ५ वटा आधुनिक ब्रुमर मंगलबारबाट सञ्चालन गरिएको छ काठमाडौमा आयोजित एक कार्यक्रमका बीच महानगरका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्कीले संयुक्त रुपमा ब्रुमरको औपचारिक शुरुवात गर्नुभयो । ब्रुमर १० करोड ८० लाखमा ल्याइएको हो । यस अघि विशिष्ट व्यक्तिको आवतजावत रहेका बेला सडक विभाग र महानगरपालिकाले आपसी समन्वय गर्दै विभागसँग रहेका दुई ब्रुमरले सडक सफा गरिँदै आएको थियो । पाँच ब्रुमर मध्ये चार वटा १६ टन क्षमता बराबरका तथा अर्को एउटा छ टन क्षमताको रहेको छ ।
ती ब्रुमरमा दिनमा १० किलोमिटर सम्मको धूलो सङ्कलन गर्न सक्ने क्षमताको रहेको महानगरपालीकाले जनाएको छ । महानगरका मेयर शाक्यले ब्रुमरको प्रयोगसंगै सर्वसाधारणलाई पनि शहर सफा पार्न अपिल गरिने बताउनुभयो । उहाले महानगरसफाको अभियानमा आफु लाग्ने भन्दै कसैको विरोधबाट नडराउने स्पष्ट पार्नुभयो । युरो मापदण्डका भनिएका उक्त ब्रुमरमा अगाडि, बीचमा र पछाडि भागको दायाँबायाँ गरी प्लास्टिकका चार ब्रस सहित धूलो तान्न सक्ने शक्तिशाली पाइप जडान गरिएको छ । पछिल्लो समय निर्माण तीव्र रुपमा भई धूलो बढिरहेका अवस्थामा ती ब्रुमरले ठूलो सहयोग पुग्ने मेयर शाक्यले बताउनु भयो


प्रतिक्रिया दिनुहोस
