FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • मारमा किसान

    • कृषि टि.भी.
    • ४ साल अघि
    • १८ पटक पढिएको
    मारमा किसान

    नवलपरासीमा उखु क्रसिङ्ग ढिलाईका कारण खेत र मिलमा उखु सुकेर करिब २० करोड रुपैयाँ बराबरको घाटा लाग्ने देखिएको छ ।
    सिजन सकिएपनि अझै ५० प्रतिशत किसानले पूर्जी नपाएको कारण खेतको उखु काटन ढिलाई भएको हो । गत फागुन महिनामै उखु क्रसिङ्ग सिजन सकिएपनि समयमै उखु क्रसिङ्ग नहुँदा जेष्ठ महिनासम्म पनि मिल चलाउनुपर्ने देखिएको छ । डेढ महिना ढिलो सञ्चालनमा आएको मिल बारम्बार बिग्रिने समस्याका कारण ५० प्रतिशत मात्र उखु क्रसिङ्ग भएको उखु उत्पादक कृषक समितिले जनाएको छ । समितिका अनुसार जिल्लामा कुला साढे ७ हेक्टर क्षेत्रफलमा उखु खेती हुँदैं आएको छ । जसबाट वार्षिक १८ लाख क्विन्टल उखु उत्पादन हुने अनुमान गरिएको छ । साथै उखु खेतीमा १४ हजार घरधुरी किसान आवद्ध रहेका छन् ।

    उखु मिल डेढ महिना ढिलो सञ्चालन हुँदा उखु खेत र मिलमा थन्किएर ५० प्रतिशत उखुमा १० प्रतिशत वजन सुकेर ह्रास भएको छ । ५० प्रतिशत उखुमा १० प्रतिशत उखुको वजन ह्रास हुँदा ९० हजार क्वीन्टल उखुको वजन ह्रास हुने समितिले जनाएको छ । जसबाट प्रत्यक्ष किसानहरुलाई ५ सय ३६ रुपैया प्रति क्वीन्टलको दरले कुल ४ करोड ८२ लाख ४० हजार रुपैया घाटा लाग्ने समितिले जनाएको छ । यता, सिजनमै उखु क्रसिङ्ग हुन नसक्दा ५० प्रतिशत उखुमा ३० प्रतिशत वजन ह्रास भएको समितिले जनाएको छ । ५० प्रतिशत उखुमा ३० प्रतिशत ह्रास हुँदा २ लाख ७० हजार क्वीन्टल वजन ह्रास हुने समितिको अनुमान छ । जसबाट किसानलाइ १४ करोड ४७ लाख २० हजार रुपैया घाटा हुने अनुमान गरिएको छ । यसरी किसानहरुलाई यस सिजनमा कुल १९ करोड २९ लाख ९६ हजार रुपैया बराबारको घाटा लाग्ने समितिले जनाएको छ । यसबर्ष उखु समयमै मिलमा क्रसिङ्ग हुन नसकेर अझै खेतमा सुकिरहेकाले यो वर्ष जीवनयापन गर्न मुश्किल हुने किसानको दुखेसो छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित