FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • समस्यामा उखु किसान

    • कृषि टि.भी.
    • ४ साल अघि
    • ३० पटक पढिएको
    समस्यामा उखु किसान

    उखुको न्यूनतम समर्थन मूल्य अझै कार्यान्वयन हुन सकेको छैन  । सरकारले तोकेको न्यूनतम मूल्यमा चिनी उद्योगीहरूले कृषकको उखु खरिद नगरेपछि किसान समस्या परेका छन् । न्यूनतम मूल्य कार्यान्वयनमा सरकारले चासो समेत नदेखाएको गुनासो किसानको छ । मन्त्रिपरिषद् बैठकले पुसमा उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा तोकेको थियो ।   

    यसमा ६५ रुपैयाँ २८ पैसा सरकारले कृषकलाई अनुदान उपलब्ध गराउने र चिनी उद्योगीले ४ सय ७१ रुपैयाँ २८ पैसा प्रतिक्विन्टल दिनुपर्ने तोकेको थियो । तर सरकारी मूल्यमा उद्योगीले कृषकसँग उखु खरिद गरेको वा नगरेको बारे अनुगमन समेत नभएको कृषकले बताएका छन् । सुनसरीको बर्जु गाउँपालिका ५ स्थित इस्टर्न सुगर मिल्सले कृषकलाई प्रतिक्विन्टल ४ सय ४१ रुपैयाँ २८ पैसामा मात्र उखु बिक्री गर्न बाध्य पारेको छ । उखु खेतमै फुलेर सुक्न थालेपछि कृषकहरुले सरकारले तोकेको न्यूनतम मूल्य भन्दा ३० रुपैयाँ कममा उद्योगीलाई बिक्री गर्न बाध्य भएका हुन् । उखु खेतमै सुकाउनु भन्दा कम मूल्यमा भए पनि बिक्री गर्न बाध्य भएको किसानको गुनासो छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित