- Loading...
व्यापार मेला सुरु
- कृषि टि.भी.
- ४ साल अघि
- २४ पटक पढिएको

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धि र बिकासका लागी सरकारले अव लामो समय पर्खन नसक्ने बताउनु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा बिहिबारबाट काठमाडौको भृकुटिमण्डपमा सुरु भएको ‘नेपाल अन्तराष्ट्रिय व्यापार मेला’ को उद्घाटन गर्देै प्रधानमन्त्री ओलीले मुलुकको समृद्धिको राष्ट्रिय आकांक्षा पुरा गर्न, तिव्र गतिका साथ बहुआयामीक बिकास आवश्यक रहेको समेत बताउनुभयो । मुलुक भित्रको व्यापार बिस्तारका लागी सरकार नीजि क्षेत्रसंग सहकार्य गर्न तयार रहेको उहाले बताउनु भयो । सरकार एकाधिकार एकलौटी गर्ने पक्षमा नरहेको भन्दै प्रधानमन्त्री ओलीले सार्वजनिक क्षेत्रलाई कम गर्देै नीजि क्षेत्रलाई प्रोत्साहन गरिने स्पष्ट पार्नुभयो । त्यस्तै उहाले व्यवसाय गर्नका लागी अनुकुल वातावरण बनाउन सरकार तयार रहेको भन्दै नयाँ कानुनका आवश्यक मस्यौदा तयार पार्न आग्रह गर्नु भयो । प्रधानमन्त्री ओलीले मुलुकको बिकासका लागी आन्तरिक तथा बाह्य लगानी भित्राउन आवश्यक हुने भन्दै त्यसका लागी नै लगानी सम्मेलनको आयोजना गरेको बताउनु भयो । त्यस्तै दोहोरो कर प्रणाली अन्त्य गर्नका लागी बिभिन्न देशहरुसंग आवश्यक सम्झौता भइरहेको उहाको भनाइ छ ।कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले व्यापार घाटा घटाउनका लागी आयातलाई प्रतिष्थापन गरि निर्यात बढाउन वस्तु उत्पादनमा सहज वाताबरण बनाउनु पर्ने बताउनु भयो । लगानी सम्मेलनमा सहभागी अन्य प्रतिनिधिसंगै नीजि क्षेत्रले पनि सहभागीता जनाउन पाउदा गर्वको महशुस भएको उहाको भनाइ छ ।
आगामी १८ चैत सम्म चल्ने मेलामा चीनबाट ९० वटा, भारतबाट १० वटा र बंगलादेशबाट ४० वटा व्यवसायीका स्टल रहेका छन् । मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि एवं व्यावसायिक सूचना, कृषि उत्पादन, ऊर्जा, भवन तथा निर्माण, शिक्षा लगायत विधागत प्रदर्शनी गरिएको छ । मेलाको स्वदेशी र विदेशी गरी १ लाख भन्दा बढीले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेका छन् ।


