- Loading...
कृषिमा लगानी गर्न आग्रह
- कृषि टि.भी.
- ३ साल अघि
- १३ पटक पढिएको

सरकारले अपार सम्भावना रहेको मुलुकको कृषि क्षेत्रबाट आर्थिक समृद्धिमा योगदान दिन कृषिको आधुनिकीकरणका लागि लगानी सुरक्षा प्रति आश्वस्त पार्दै ढुक्कका साथ लगानी गर्न आह्वान गरेको छ ।नेपाल लगानी सम्मेलन २०१९ को दोस्रो दिन शनिबार कृषि र वन उत्पादनसँग सम्बन्धित सत्रमा यस क्षेत्रका विज्ञ तथा लगानीकर्तालाई कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणि खनालले नेपाल सानो देश भए पनि लगानीको प्रसस्त सम्भावना रहेकोे उल्लेख गर्नु भयो । सरकारले लगानीको पर्याप्त सुरक्षा दिने प्रतिबद्धता जनाउँदै मन्त्री खनालले कृषि क्षेत्रमा ढुक्कले लगानी गर्न विदेशी लगानीकर्तालाई आग्रह गर्नु भयो ।

प्रस्तुत भएका परियोजनामा लगानी गर्न सके निर्यातको प्रचुर सम्भावना रहेको भन्दै उहाँले आन्तरिक बजारको समेत राम्रो सम्भावनाका बारेमा लगानीकर्तालाई आश्वस्त पार्नुभयो । मन्त्री खनालका अनुसार सरकारले मह, कफी र चिया मात्रै होइन, एग्रो फरेष्ट र एग्रो पर्यटनमा समेत प्रसस्त लगानीको सम्भावना अघि सारेको छ । कानून परिमार्जन गरी लगानीमैत्री नीति नियम बनाएर मन्त्रालय अघि बढेको उहाँको भनाई छ । नेपालमा कृषिमा लगानी गर्नु पर्छ भन्ने सकारात्मक सोचको विकास भएको र लगानी बढ्दो क्रममा समेत रहेको उहाँले बताउनु भयो । सम्मेलनमा सरकारले कृषि, जलविद्युत, उद्योग, पर्यटन, यातायात, शहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्र सम्बन्धी सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी ७७ वटा परियोजना प्रस्तुत गरेको छ ।

