FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • भारतीय पशु तथा पशुजन्य वस्तुको आयात ठप्प

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १२ पटक पढिएको
    भारतीय पशु तथा पशुजन्य वस्तुको आयात ठप्प

    नेपालगञ्ज नाकाबाट भारतीय पशु तथा पशुजन्य वस्तुको आयात पूर्णरूपमा ठप्प भएको छ ।पशु क्वारेन्टाइनले पशु स्वास्थ्य तथा पशु सेवा ऐनलाई कडाइका साथ कार्यान्वयन गरेपछि पशु तथा पशुजन्य वस्तुको आयात पूर्णरूपमा ठप्प भएको पशु क्वारेन्टाइन जाँच केन्द्र जमुनाहले जनाएको छ । ऐनमा व्यवस्था भएअनुसार व्यवसायीले पशु तथा पशुजन्य वस्तुको स्वास्थ्य परीक्षण प्रमाणपत्र ल्याउन नसकेपछि आयात पूर्णरूपमा रोकिएको कार्यलयले जनाएको छ । कार्यलयका अनुसार, अब भारतबाट पशु आयात गर्दा स्वास्थ्य प्रमाणपत्र अनिवार्य गरिएको छ । त्यस्तै पशुजन्य वस्तु दाना ल्याउँदा सेनेटरी प्रमाणपत्र अनिवार्य गरिएको छ ।     

    प्रमाणपत्र दिने निकाय दिल्ली वा कोलकातामा रहेका कारण आयातकर्तालाई डकुमेन्ट जुटाउन कठिनाइ भएकोले आयातकर्ताले आवश्यक प्रमाणपत्र ल्याउन नसक्दा पशु र पशुजन्य वस्तु आयात हुन नसकेको हो । नेपालगञ्ज नाकामा फागुन २६ गतेबाट कुनै पनि पशु तथा पशुजन्य वस्तुको आयात भएको छैन । पशु तथा पशुजन्य दाना पशु क्वारेन्टाइनको स्वीकृतिमा भन्सार तिरेर मात्र नेपाल ल्याउन पाइने व्यवस्था छ । कार्यलयका अनुसार, यसअघि देशभरका पशु क्वारेन्टाइनले भारतमा पशुजन्य वस्तु खरीद गरेको बिल र भारतीय भन्सारको प्रमाणपत्र देखाएकै भरमा नेपाल आयात गर्ने गरेका थिए । तर, यसरी हचुवाका भरमा आयात गरिएका पशु तथा पशुजन्य वस्तु अस्वस्थकर भएको पाइएपछि सरकारले ऐन कार्यान्वयनमा कडाइ गरेको हो । दानालगायतका वस्तु आयातका लागि पहिले पशु सेवा विभागको कागज भए पुग्ने भए पनि अब सेनेटरी प्रमाणपत्र अनिवार्य भएको छ । ऐन कार्यान्वयनमा कडाइ भएको थाहा नपाएका व्यवसायीले नेपाल भित्र्याएका दानालगायतका पशुजन्य वस्तु नेपालगञ्ज भन्सारमा थन्किएको छ । स्वास्थ्य प्रमाणपत्र ल्याएपछि मात्र आयातका लागि अनुमति दिने तयारीमा पशु क्वारेन्टाइन कार्यालय रहेको छ । पशु क्वारेन्टाइन जाँच केन्द्र नेपालगञ्जका अनुसार, नेपालगञ्ज नाका हुँदै चालू आर्थिक वर्षको फागुन २६ गतेसम्म ६९ हजार २ सय २७ खसी–बोका भित्रिएको थियो भने एक हजार ४ सय ७५ मेट्रिकटनभन्दा बढी दाना आयात भएको थियो ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित