FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • माछामा मुल्यबृद्धि

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १५ पटक पढिएको
    माछामा मुल्यबृद्धि

    अवैध रूपमा अस्वस्थ माछा भित्रिन थालेपछि सरकारले आयातमा कडाइ गरेको छ । कानुनी प्रक्रिया पूरा नगरी भित्रिएका माछामा कडाइ गरेपछि बजारमा आपूर्ति कम भएको छ । सरकारले भन्सारमा गरेको कडाइको फाइदा उठाउँदै व्यापारीले भने बजार भाउ बढाएका छन् । भारतीय माछा भन्सार नाकाबाट आउन दिइएको छैन । आयातका क्रममा क्वारेन्टाइनको कागजात माग गरिएको छ । दैनिक ९ देखि १० गाडी भारतीय माछा भित्रने गरेकोमा अहिले एक दुई गाडी मात्रै भित्रने गरेको भएको व्यवसायिको भनाई छ । माग अनुसार आपूर्ति नहुँदा मूल्य बढेको उनिहरुले बताएका छन् । पशुसेवा विभाग सीमा तथा आन्तरिक क्वारेन्टाइन शाखाका अनुसार माछा आयातमा बन्देज नभई न्यूनतम मापदण्ड अपनाउन निर्देशन दिईएको हो ।   

    क्वारेन्टाइन ऐन अनुसार आयात गर्न चाहने व्यवसायीले आयात गर्ने माछा सम्बन्धित मुलुकबाट स्वस्थ भएको कागजपत्र बनाउनु अनिवार्य रहेको छ । कागजपत्र बाट निर्यात योग्य, रोगमुत्त र रोगको खोप लगाएको प्रमाणित हुन्छ । हाल खाना अयोग्य माछा आयात भइरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । माछा मुख्यतः भारत, थाइल्यान्ड लगायतका मुलुकबाट आयात हुने गरेको छ । ती माछा आयात गर्ने क्रममा हप्तौं लाग्ने हुँदा माछामा फर्मालिन रसायन प्रयोग गरिएको माछा आयात भईरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित