FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • आलु उत्पादनमा बृद्धि

    • कृषि टि.भी.
    • ४ साल अघि
    • २७ पटक पढिएको
    आलु उत्पादनमा बृद्धि

    पोखरामा प्रमाणीकरण गरेको आलुको नयाँ बिउको प्रयोगबाट उत्पादनमा दोब्बर वृद्धि भएको छ । पोखरा महानगरपालिकाले काभ्रेबाट ल्याएको स्रोत बिउ प्रमाणीकरण गरेर किसानलाई बिउ उपलब्ध गराएको हो । तन्तु प्रजनन् विधिबाट निकालिएको मूल बिउको पुस्ता प्रयोग गरी लगाइएको आलुको उत्पादनमा पुरानो एम एस बयालीस ३, नीलो आलु भन्दा दोब्बर बढी उत्पादन भएको पोखरा महानगरपालिकाले जानकारी दिएको छ । उक्त आलु १५ मेट्रिक टन प्रतिहेक्टर उत्पादन हँुदै आएकोमा तन्तु प्रजनन् विधिबाट निकालिएको मूल बिउ पुस्ता प्रयोग गर्दा ३५ मेट्रिक टन प्रतिहेक्टर उत्पादन भएको हो ।   महानगरले ३० हजार केजी आलुको बिउ प्रमाणीकरण गरेको छ । महानगरमा करिब १२ सय हेक्टरमा आलु खेती हुँदै आएकोमा करिब १४ हजार टन आलु उत्पादन हुने गरेको छ । पुरानो आलुको बिउबाट उत्पादन सन्तोषजनक नभए पछि महानगरपालिकाले काभ्रेबाट ल्याएर नयाँ बिउ उत्पादन गरेको हो । आलु उत्पादनमा नयाँ बिउ प्रयोगसँगै महानगरपालिकाले आलुको ब्रान्डिङ समेत गर्ने भएको छ । महानगरपालिकाले प्रमाणीकरण गरेको बिउ राख्न किसानलाई ५ सय ट्याग लगाएको बोरा उपलब्ध गराएको छ । कोल्ड स्टोरमा आलुको बिउ राख्न किसान समूहलाई ५० प्रतिशत छुटको समेत व्यवस्था गरिएको छ । आलु उत्पादन वृद्धिका लागि समूहमा लागेका किसानलाई बिउ कोष भनेर दुई लाख सम्म अनुदान दिने व्यवस्था गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित