FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • सुन्तला उत्पादन घट्यो

    • कृषि टि.भी.
    • ४ साल अघि
    • ३६ पटक पढिएको
    सुन्तला उत्पादन घट्यो

    सुन्तलामा असिना र रोगकिराको प्रकोप बढेपछि यस वर्ष सल्यानमा उत्पादन आधा घटेको छ । उत्पादन घटेपछि सुन्तला खेतीलाई व्यावसायिक बनाएका किसान मर्कामा परेका छन् । जिल्लामा सबै भन्दा बढी सुन्तला उत्पादन हुने बाग्चौर नगरपालिका ८ कोटमौलामा उत्पादन ५० प्रतिशतले घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । कोटमौलाबाट किसानले वार्षिक पाँच करोड रुपैयाँको सुन्तला बिक्री गर्दै आइरहेका थिए । तर यस वर्ष उत्पादन घटेका कारण २ करोड ५० लाखको मात्र सुन्तला बित्री भएको केन्द्रले जनाएको छ ।   असिनाले फल झार्ने र रोग किराले फल नलाग्दै नष्ट गर्ने भएकाले समस्या भएको किसानको गुनासो छ । विभिन्न विषादी प्रयोग गरे पनि किरा नियन्त्रणमा नआउँदा यस वर्ष उत्पादन घटेको किसानको भनाई छ । विषादीको प्रयोगबाट पनि रोग नियन्त्रणमा नआउँदा रुख नै काटेर फाल्नु पर्ने अवस्था आएको किसानको गुनासो छ । बोटमा दाना लाग्ने, पहेलिँदै जाने र फल झर्ने गरेपछि सुन्तला जोगाउन गाह्रो भएको उनिहरुको भनाई छ । राम्रा सुन्तला ६० रुपैयाँ प्रतिकिलो बिक्री भए पनि असिनाका कारण दाग लागेका सुन्तलाले भाउ नपाएको भन्दै किसान चिन्तीत बनेका छन् । केन्द्रका अनुसार जिल्ला भर १ हजार १ सय हेक्टरमा सुन्तला लगाए पनि ८ सय ६० हेक्टरमा मात्र उत्पादन भइरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित