- Loading...
दूधको मुल्य बढाउन माग
- कृषि टि.भी.
- ३ साल अघि
- १२ पटक पढिएको

स्थानीय पशुपालक किसान तथा दूध व्यवसायीले दूधको भाउ बढाउन तुलसीपुर उपमहानगरपालिकाका प्रमुखसँग माग गरेका छन् ।अहिले दानाको मूल्य बढे पनि दूधको मूल्य नबढ्दा किसान मारमा परेको पशुपालक तथा दूध व्यवसायीले बताएका हुन् । अहिले गाई तथा भैँसीको दूध प्रति लिटर ५० मात्रै पर्ने तर दाना प्रतिकिलोको करीब ४५ सम्म पर्ने उनिहरुको भनाई छ । यसबाट प्रतिलिटरमा पाँच रुपैयाँ भन्दा बढी आम्दानी नहुने किसानको गुनासो छ । दश लिटर दूध दिने पशुलाई करीब पाँच किलो दाना खुवाउनु पर्ने भएकाले उपमहानगरपालिकाले दानामा सहुलियत उपलब्ध गराउनुका साथै दूधको मूल्यवृद्धि गरेर खुद्रा मूल्य प्रतिलिटर ७० र थोक मूल्य प्रतिलिटर ६० तथा दहीको खुद्रा मूल्य प्रतिकिलो ८० बनाउन किसानले माग गरेका हुन् । स्थानीय दूध व्यवसायीले पशुको कृत्रिम गर्भाधान निःशुल्क नगरिँदा किसान मारमा परेको समेत बताएका छन् । अहिले कृत्रिम गर्भाधान गर्न ७ सय भन्दा बढी तिर्नु पर्ने र कुनै पशुमा एकै पटकमा कृत्रिम गर्भाधान सफल नहुने भएकाले दोहो¥याउँदा थप आर्थिक भार थपिने गरेकोे किसानको गुनासो छ । तुलसीपुर उपमहानगरले भने पशुपालन क्षेत्रलाई उपमहानगरपालिकाले विशेष जोड दिएकाले किसानका समस्या समाधान तर्फ लागिपर्ने जनाएको छ ।


