FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • राष्ट्रिय सहकारी दिवसको अवसरमा कार्यक्रम

    • कृषि टि.भी.
    • ३ साल अघि
    • ११ पटक पढिएको
    Post Thumbnail

     

    प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धि र बिकासका लागी बाह्य लगानी आवश्यक रहेको बताउनुभएको छ । ६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा मंगलबार काठमाडौमा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले बिदेशी लगानी र पुजीका साथी प्रविधी भित्राएर मुलुकलाई छिटो बिकास गर्न सकिने पनि बताउनुभयो । उहाले हालै सम्पन्न लगानी सम्मेलनमा प्रतिवद्धता भएअनुसारका लगानी भित्राउन सरकार गम्भीर भएर लाग्ने धारणा पनि राख्नुभयो । त्यस्तै उहाले नेपालको आधुनिकीकरणको पहिलो सर्त कृषिको आधुनिकीकरण भएको बताउनुभयो । अब सहकारीमार्फत ठूलो क्षेत्रमा एउटै बाली लगाउने र प्रधानमन्त्री कृषि आधुनिकीकरणसँग जोड्न उहाले आग्रह गर्नुभयो । सामूहिक खेतीको अवधारणालाई अघि बढाउन सके कृषि क्षेत्रको बिकास पनि छिटो हुने बताउनुभयो । थोरै तर अर्गानिक उत्पादन गरे अरुले भन्दा राम्रो मूल्य लिन सकिने भन्दै प्रधानमन्त्री ओलीले स्वस्थकर कृषि सामाग्रीको माग पनि बढ्ने उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले मूल्य पाएन भनेर खानेकुरालाई सडकमा नफाल्न समेत आग्रह पनि गर्नुभयो । उहाले अव दुई बर्षभित्र सवै जिल्लालाई सदमुकामसंग जोड्ने भन्दै कृषि सामाग्रीहरुलाई बजारीकरण गर्न सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।कार्यक्रममा सहकारी आन्दोलनका अगुवा केशव बडाल लगाएतका व्यक्तिहरुलाई पुरस्कृत सहित सम्मान गरिएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित