FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • नेपाली चियाको प्रशंसा

    • कृषि टि.भी.
    • ४ साल अघि
    • २३ पटक पढिएको
    नेपाली चियाको प्रशंसा

    विदेशी चिया बिक्रेताहरुले नेपाली चियाको प्रशंसा गरेका छन् तर सरकारी पक्षबाट यसमा चासो नदिएको भन्दै उद्यमी र किसानले आरोप लगाउँदै आएका छन् ।नेपाली चियाले अन्तर्रा्ष्ट्रिय स्तरमा अहिले पनि राम्रो बजार लिन नसकेको भन्दै किसान तथा व्यवसायि आक्रोशित बनेका हुन् । उनीहरूले नेपाली चिया प्राङ्गारिक भएको भन्दै यसलाई संसारको सबै देशमा पु¥याउन सकिने बताएका छन् ।   विदेशी चिया बिक्रेताले नेपालको वातावरण समेत राम्रो रहेको भन्दै यहाँको चियालाई पहिलो प्राथमिकतामा राखेर काम गर्नु पर्ने औँल्याएका हुन् । उनिहरुले नेपाली चियालाई प्राङ्गरिक रूपमा नै विकास गर्न सकेमा विश्व बजारमा नेपाली चिया अत्याधिक ठुलो परिमाणमा बिक्री हुन सक्ने बताएका छन् । किसानले भने चियाको बजारीकरणमा ध्यान दिन सरकारलाई आग्रह गरेका छन् । विशेष गरि प्रदेश नं १ लाई चिया क्षेत्र घोषणा गर्न समेत स्थानीय चिया कृषकले माग गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित