FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • मारमा उखु किसान

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १० पटक पढिएको
    मारमा उखु किसान

    उखु क्रसिङको समय नसकिँदै पश्चिम नवलपरासीको सुनवल स्थित लुम्बिनी चिनी मिल बन्द भएको छ । तीन महिना ढिलो गरि सञ्चालनमा आएको मिल उखु काटेर नसकिँदै बन्द भए पछि किसान मर्कामा परेका छन् । मिलले चैत १७ देखि उखु खरिद बन्द गरिएको सूचना टाँसेको छ । उक्त सूचनामा त्रसिङ सिजन सकिएकाले बन्द गरिएको उल्लेख छ । तर किसानले अहिले पनि बिक्रीका लागि धमाधम उखु मिलमा लगिरहेका छन् । मिल व्यवस्थापनले यस वर्ष उद्योग नचलाउने निर्णय गरेको थियो । सञ्चालनका लागि जिल्लामा चौतर्फी दबाब परेको थियो । त्यस पछि केही समयका लागि सञ्चालन गरेर बन्द गरेको मिल प्रशासनले जनाएको छ ।    जिल्लामा वाग्मती खाडसारी चिनी, इन्दिरा सुगर मिल र लुम्बिनी चिनी गरी तीन वटा ठूला कारखाना सञ्चालनमा रहेका छन् । यस वर्ष कारखाना ढिलो गरि सञ्चालन गरिएको थिए । जसले गर्दा अहिले पनि किसान उखु काटिरहेका छन् । खेतमा अझै ३० प्रतिशत उखु काट्न बाँकी रहेको उखु उत्पादक कृषक समिति नवलरासीले जनाएको छ । समयमा भुक्तानी पनि नदिने तथा उचित मूल्य समेत नदिने गरेका उद्योगले अहिले मनपरी उद्योग बन्द गरे पछि मर्कामा परेको किसानको गुनासो छ । गत वर्ष उधारोमा भए पनि समयमा काटेर उद्योगलाई बिक्री गरेको उनिहरुको भनाई छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित