FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • खाद्य प्रतिवेदन सार्वजनीक

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १५ पटक पढिएको
    खाद्य प्रतिवेदन सार्वजनीक

    खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आर्थिक वर्ष २०७५÷ ७६ को द्धितिय चौमासिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ ।विभागले काठमाण्डौको बबरमहलमा पत्रकार सम्मेलन गरि प्रगती प्रतीवेदन सार्वजनीक गरेको हो । सम्मेलनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तथा मातहतका कार्यालयहरुबाट खाध्य स्वच्छता एवम गुणस्तर सम्बन्धी चालु आर्थिक बर्षको द्धितीय चौमासिक तथा अष्ट मासिक अवधि २०७५ श्रावण १ गते देखि २०७५ फागुन मसान्त सम्ममा सम्पन्न मुख्य मुख्य कार्यक्रमको प्रगति विवरण सार्वजनिक गरिएको हो । विभागले २४ डिभिजन कार्यालय, १२ स्थानमा खाध्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय हरु गरी ४३ कार्यालयहरुबाट देशमा सेवा प्रवाह गर्दैे आएको जानकारी दिएको छ ।   यस अवधिमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा खाद्य सम्बन्धीका धेरै गुनासो प्राप्त भएको र त्यस सम्बन्धी आवश्यक कार्यवाही समेत अघि बढाएको विभागका महानिर्देशक संजिव कुमार कर्णले जानकारी दिनु भयो छ । साथै उक्त अवधिमा विभागले बजार अनुगमन गरी अनुसन्धनात्मक तथा ऐन नियमानुसारका खाध्य वस्तुहरुको नमुना संङ्ककलन गरी प्रयोगशाला परिक्षण लगायतका अनुसन्धान गरी आवश्यक कारबाही समेत अघि बढाएको छ । खाद्य दाना उद्योग, रेष्टुरेन्ट, राजमार्गका होटल गरी अष्ट मासिक अवधिमा २ हजार १ सय ८० पटक अनुगमन तथा निरिक्षण गरिएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै खाध्य ऐन, २०२३ अनुसार न्युन स्तर, मिसावट तथा दुषित खाध्यवस्तु उत्पादन तथा बिक्री वितरण गरेको कसुरमा विभागले २१ मुद्दा दायर गरेको छ । जसमा सबैभन्दा बढी १५ मुद्दा प्रसोधित पिउने पानीका रहेका छन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित