- Loading...
घरेलु मेला
- कृषि टि.भी.
- ४ साल अघि
- ३२ पटक पढिएको

नेपाल सरकार, उद्योग विभागको आयोजनामा आगामी बैंशाख २६ देखि ३० गते सम्म काठमाडौंको भृकुटीमण्डपमा ३० औं राष्ट्रिय लघु, घरेलु तथा साना औद्योगिक प्रदर्शनी आयोजना हुने भएको छ । आर्थिक समृद्धिका लागी उद्योग खोलौ, औद्योगिकरणका लागी सबै जुटौ भन्ने मुल नाराका साथ आयोजना हुन लागेको प्रदर्शनीमा मुलुक भरका ७७ जिल्लाका लघु, घरेलु तथा साना उद्यमीको सहभागिता रहने प्रदर्शनीका सह आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम प्रसाद गिरीले जानकारी दिनु भयो । बिहिबार काठमाडौमा पत्रकार सम्मेलन गर्दैे महासंघले पाँच दिन सम्म संचालन हुने प्रदर्शनीमा २ सय प्रदर्शनी रहने तथा एक लाख पचास हजार जनाले मेलाको अवलोकन गर्ने र ५ करोड भन्दा बढीको कारोबार हुने अपेक्षा गरेको समेत जनाएको छ । प्रर्दशनीको विशेष आकर्षणको रुपमा मौलिक नेपाली हस्तकला र काष्ठकला जन्य उत्पादनहरु, परम्परागत तथा आधुनिक उपर्युक्त प्रविधि, छाला जुत्ता तथा छालाजन्य वस्तुहरु, प्राकृतिक रेशावाट उत्पादित कपडा र वस्तुहरु, वाँसका वस्तुहरु, फलफूलमा आधारित उत्पादनहरु, करुवा र खुकुरी, कृषि तथा वनजन्य उत्पादनहरु लगायतका सामानहरु प्रर्दशनिमा रहने छन् । ७७ जिल्लाका उद्यमी सहभागी हुने र उद्यमीले तयार पारेका सामान लाई एउटै छातामुनीबाट उपभोक्तलाई सहज रुपमा खरिद गर्न मिल्ने गरि स्टल तयार पार्न लागिएको महासंघका अध्यक्ष गिरीले जानकारी दिनु भयो । उहाले लघु, घरेलु तथा साना औद्योगिक क्षेत्रमा ४१ हजार १ सय ९५ करोड लगानी भएको पनि जानकारी दिनु भयो । त्यस्तै लघु घरेले उद्योगमा २६ लाख ६ हजार ८६ जनाले प्रत्यक्ष रोजगार प्राप्त गरेको उहाले बताउनु भयो । २०४२ साल देखी राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रर्दशनि र उत्कृष्ट लघु, घरेलु तथा साना उद्यमी पुरस्कार जस्ता कार्यक्रमलाई निरन्तरता दिदै आएको घरेलु बिभागले जनाएको छ । स्वदेशमा स्थापित उद्योगहरुमा जडित प्रविधि, नेपालमा उत्पादित वस्तु तथा सेवाहरु र नेपालमा विकसित प्रविधिको वारेमा जानकारी दिनुका साथै राम्रा काम गर्ने उद्यमीलाई विधागत रुपमा पुरस्कृत तथा सम्मान गर्ने कार्यक्रम समेत रहेको आयोजकले जनाएको छ ।


