FLASH NEWS
- Loading...
मौसम बदलि सुरु
- कृषि टि.भी.
- ४ साल अघि
- २४ पटक पढिएको

- बिहीबार बिहानैबाट सुरु भएको मौसम बदली अबको दुई÷ तीन दिन सम्म रहने भएको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीवार दिउँसो देशको पुर्वी र मध्य भू–भाग लगायत पश्चिमी पहाडी भू भागहरुमा आंशिक देखि सामान्य बदली रहने र बाँकी भू भागहरुमा आंशिक बदली रहने छ भने राति उच्च हिमाली तथा पहाडी क्षेत्रको एक दुई स्थानमा हिमपात हुने सम्भावना रहेको छ । त्यस्तै पूर्वमा बनेको न्यून चापीय रेखा, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले देशभरको मौसम दुई तीन दिन बदली रहने र केही ठाँउमा मेघगर्जन र हावाहुरी सहित पानी पर्ने सम्भावना रहेको महाँशाखाले जनाएको छ । बिहीबार राति उच्च हिमाली तथा पहाडी क्षेत्रको एक दुई ठाउँमा हिमपात हुने संभावना रहेको पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
