- Loading...
सडक सुधार योजना
- कृषि टि.भी.
- ३ साल अघि
- १४ पटक पढिएको

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले वातावरण प्रदुषण गर्ने सवारी साधनलाई नियन्त्रणमा लिन ट्राफिक महाशाखालाई निर्देशन दिनु भएको छ ।उपत्यकाको ट्राफिक ब्यवस्थापन तथा प्रदुषण नियन्त्रण सुधार कार्ययोजना–२०७५’ कार्यान्वयनको शुभारम्भ गर्दै प्रहरी प्रमुख खनालले हरियो स्टीकर टाँसेका सवारी साधनले पनि धुवा उडाउदै गुडेको भन्दै वातावरण प्रदुषण गर्ने त्यस्ता सवारीलाइ नियन्त्रणमा लिन निर्देशन दिनु भएको हो । फुटपाथ नियन्त्रण र मिटर ट्याक्सीको समस्या दिनानुदिन जटिल बन्दै गएको उल्लेख गर्दै प्रहरी प्रमुख खनालले फुटपाथ अतिक्रमण, स्थानीय निकाय र सबै मिलेर हटाउनु पर्ने बताउनु भयो । काठमाडौं उपत्यकाको ट्राफिक ब्यवस्थापन चुस्त बनाउन बस पकेट निर्माण गर्ने उहाले जानकारी दिनु भयो । उहाले सरकोरवाला निकायसंगको सम्न्वयमा सडक सुधार योजना अघि सार्ने र यसमा ट्राफिक प्रहरीको भूमिकालाई पनि बृहत पारिने जिकिर गर्नु भयो । ट्राफिक प्रहरी माहाशाखाले ‘ट्राफिक एक्सन टास्क’ टिम बनाएर उपत्यकाको प्रदुषण नियन्त्रण तथा ट्राफिक ब्यवस्थापन सुधार कार्ययोजना–२०७५ कार्यान्वयन शुरु गरेको छ । उक्त कार्ययोजना अनुसार बस स्ट्याण्ड, ट्याक्सि स्ट्याण्ड, फुटपाथ अतिक्रमण हटाउने लगाएतका काम हुने महाशाखाले जनाएको छ ।


