- Loading...
कृषिमा लगानी गर्न आग्रह
- कृषि टि.भी.
- ३ साल अघि
- १३ पटक पढिएको

कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले उत्पादनशिल क्षेत्रमा लगानी गर्नको लागि आग्रह गर्नु भएको छ ।कृषि क्षेत्रको विकास विना अन्य विकास अशंभव भएको भन्दै मन्त्री खनालले कृषिमा पनि उत्पादनशिल क्षेत्रमा लगानी गर्नको लागि नीजी क्षेत्रलाई आग्रह गर्नु भएको हो । ‘आर्थिक समृद्धिका लागि ग्रामिण उद्यमशिलता’ संस्थाको आयोजानमा बुटवलमा आयोजीत अन्तरक्रिया कार्यक्रममा मन्त्री खनालले सम्बन्धित सरकारी निकाय निश्क्रिय हुँदा कृषिमा उल्लेख्य प्रगति गर्न नसकेको बताउनु भयो । ‘५५ वर्ष अघि राजा महेन्द्रले कृषिमा देशै भरी राम्रो गर्न खाजेको भन्दै उहाँले अहिले भने केहि गर्न नसकेको गुनासो गर्नु भयो । मन्त्री खनालले अति न्यून वजेटका कारण पनि कृषिको क्षेत्रमा उल्लेख्य प्रगति हुन नसकेको धारणा राख्नु भयो ।६५ प्रतिशत जनसंख्यालाई २ दशमलव ९ प्रतिशत वजेट छुट्टयाएर कृषिमा कसरी आत्मनिर्भर हुन सकिन्छ भन्दै मन्त्री खनालले विदेशमा ५ प्रतिशत जनसंख्या कृषिमा संलग्न देशले ११ प्रतिशत सम्म वजेट छुट्टाएकाले राम्रो गरेको बताउनु भयो ।

उहाँले झण्डै डेढ खर्बको खाद्यान्न आयात गरेर मुलुक समृद्ध हुन नसक्ने पनि जिकिर गर्नु भयो । कृषिमा आश्रित जनसंख्या ६५ प्रतिशतबाट घटाएर २५ प्रतिशतमा झार्नु पर्ने, कृषिमा वजेट बढाउनु पर्ने र आधुनिकीकरण गर्नु पर्नेमा मन्त्री खनालले जोड दिनु भएको छ । जमिनको खण्डीकरण बढ्नु र जग्गाको वर्गीकरण गर्न नसक्दा कृषियोग्य जमिन घट्दै गएको पनि उहाँले बताउनु भयो । कृषिका लागि नेपाल ज्यादै उर्बर भूमि भए पनि उचित व्यवस्थापन हुन नसकेको उहाँको गुनासो छ । दक्षिण कोरियाको शैलीमा विदेश जाने जनशक्तिको आम्दानीलाई सरकारले नै उत्पादनशील क्षेत्रमा लगानी गर्ने हो भने मात्रै कृषिमा फड्को मार्न सकिने उहाँको भनाई छ । त्यस्तै नेपालमा कफी उत्पादन ५ सय मेट्रिक टन र माग ११ सय टन रहेकाले अवसर प्रशस्त रहेको समेत उहाँले बताउनु भयो ।

