FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कफीले कमाल

    • कृषि टि.भी.
    • ४ साल अघि
    • ३५ पटक पढिएको
    कफीले कमाल

    गुल्मीमा उत्पादन भइरहेको कफी स्वदेशका ठूला सहर सँगै जापान, फ्रान्स र कोरिया लगायतका मुलुकमा निर्यात भइरहेको छ ।यसबाट विदेशी मुद्रा आर्जन हुन थालेपछि कफी उत्पादक कृषक उत्साही भएका छन्  । अन्न बालीबाट भन्दा ५ ÷ ६ गुना बढी फाइदा मिल्न थालेपछि कृषकहरु कफि खेती तर्फ आकर्षित भएका छन् । नगदेबालीले ग्रामीण क्षेत्रका कृषक स्वरोजगार उन्मुख समेत भएका छन । ५ वर्षमै फल लाग्ने भएकाले कृषकहरु अन्नबाली मासेर कफी खेती गर्न थालेका हुन् ।   

    जिल्लाका १२ वटै स्थानीय तहमा कफि खेती विस्तार भएको छ । अहिले करिब ३ हजार कृषकले खेती गरिरहेका छन । किसानका अनुसार ४ वटा समूह मिलेर बनेको रुरु कफी सहकारी संघमा गाउँभरिको कफी संकलन हुने गरेको छ । समूह र संघमा किसान भेला भएर खेती सम्बन्धी छलफल गर्ने गरेका छन् । गाउँमै रहेको संकलन केन्द्रमा किसानले जम्मा गरेको कफि जिल्ला सहकारी संघले खरिद गर्ने कृषकले बताएका छन् । स्वदेश र विदेशको माग अनुसार प्रशोधन गरेर संघले बिक्री गर्ने गरेको छ । संकलित कफि मध्ये ८ टन जापान, कोरिया र फ्रान्समा निर्यात हुने गरेको छ । बाँकी स्वदेशमा बिक्री भइरहेको संघले जानकारी दिएको छ । गुल्मी, अर्घाखाँची, पाल्पा, प्युठान र स्याङजा जिल्ला हेर्ने गरी तम्घासमा कफी सुपरजोनको कार्यालय समेत स्थापना भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित