FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • आलुमा आकर्षित

    • कृषि टि.भी.
    • ४ साल अघि
    • ३३ पटक पढिएको
    आलुमा आकर्षित

    स्याङ्जाको गल्याङ नगरपालिका ११ जिमुवा, कर्मचौर, काम्लाङ, जिमी र वडा नम्बर ३ का ललेङ, छर्ती तथा बल्पुक’ आलुगाउँ’ का रूपमा चिनिँदै गएको छ ।केही वर्ष अघि सम्म आलुको बीउ किन्ने गरेका किसान अहिले आफैं बिक्री गर्ने गरेका छन् । अहिले अधिकांश किसान व्यवसायिक आलु खेतीमा लागेका छन् । काभ्रेबाट बीउ ल्याएर आलु खेती सुरु गरेका किसान अहिले भने आफैं बीउ विक्रि गर्न थालेका हुन् । यो वर्षबाट भने किसानले कोल्ड स्टोरमा आलु भणडारण गर्न थालेका छन् । 

    विगतका वर्षमा शीत भण्डार नभएकाले खन्ने बित्तिकै बेच्नु पर्ने बाध्यता रहेको किसानको गुनासो छ । गाउँमै शीत भण्डार निर्माण पछि किसान आलु खेती तर्फ अझ आकर्षित बन्दै गएका हुन् । राम्रो मूल्य पाएका बेला बेच्ने उनीहरूको भनाई छ । स्थानीयले सामूहिक रूपमा आलु भण्डारण गरेका छन् । साविकको कृषि विकास कार्यालयले विगत चार वर्ष पहिले आलु उत्पादन कार्यक्रम सञ्चालनमा ल्याएपछि किसानहरु बीउ आलु उत्पादनमा लागेका हुन् । कृषकले आलु खेतीबाटै लाखौं रुपैयाँ आम्दानी गर्न थालेपछि नाम नै आलुगाउँ रहेको स्थानीयले बताएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित