FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • अचारबाट आत्मनिर्भर

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १६ पटक पढिएको
    अचारबाट आत्मनिर्भर

    रुपन्देहीमा एक महिला उद्यमी अचार बाटै लाखौको आम्दानी गर्न सफल हुनु भएको छ । ५० रुपैयाँबाट सुरु भएको उहाँको उद्योगमा अहिले  २८ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । सानो लगानीबाट सुरु भएको उहाँको उद्योगबाट उत्पादित अचार अहिले नेपालमा मात्रै नभई विदेशका विभिन्न स्थानहरुमा समेत उच्च माग हुने गरेको छ । खासगरी कोसेलीको रुपमा प्रयोग हुदै आएको उहाँको अचारले सबैको मन लोभ्याउने गरेको छ । निरन्तर मिहिनेत गर्ने हो भने सफल भईन्छ भन्ने उदहारण बन्नु भएको छ, बसन्त अचार उद्योग बुटवलकी सञ्चालीका बसन्ती खत्री । ६९ वर्षीय बसन्ती खत्री आफैले बनाएको अचार बेचेर बर्षमा २५ लाख रुपैयाँ आम्दानी गर्न सफल हुनु भएको छ । बार्षिक ८० लाख रुपैयाँ आम्दानी गर्ने उहाँले सबै खर्च कटाएर २५ लाख रुपैयाँ सम्म आम्दानी गर्न सफल हुनु भएको हो । ५० रुपैयां लगानी गरेर शुरुमा आंपको अचार बनाएर सालको पातमा २ रुपैयांको दरले बेच्ने गरेको खत्रीले बताउनु भयो । २०५३ साल देखि औपचारिक रूपमा उद्योग खोलेर उहाँले व्यवसाय सुरु गर्नु भएको हो । अहिले उहाँको अचारको माग पोखरामा सबै भन्दा धेरै हुने गरेको छ । पोखरामा मात्रै मासिक ४० देखि ४२ क्विन्टल पठाउने गरेको उहाँले बताउनु भयो । बुटवलको शिवनगरमा आफ्नै घरमा सन्चालन गरेको बसन्ती अचार उद्योग मार्फत उक्त आम्दानी गर्न उहाँ सफल हुनु भएको हो । अचार किन्न ग्राहकहरु उहाँको घरमै आउने गर्दछन् । विगत ३१ वर्ष देखी अचार बनाउने काम शुरु गर्नु भएको उहाँले आप, अकबरे खुर्सानी, लसून, लप्सी, सिन्की, मूला, कागती, करेला, मेथी लगायत २४ प्रकारको अचार बनाउने गर्नु भएको छ । पोखराका अतिरीक्त रुपन्देही, नारयणगढ, काठमाण्डौं सबै ठाउमा गरेर वर्षको ७० क्विन्टल सम्म उहाँको अचार विक्री हुने गरेको छ । उहाँको उद्योगबाट उत्पादीत अकबरे खुर्सानीको अचार मात्रै वर्षको करिब १४ लाख मूल्य बराबरको विक्री हुने गरेको छ । उक्त अचार ४ सय रुपैयां प्रति केजीमा विक्री भईरहेको छ । २८ जना महिलालाई प्रत्यक्ष रोजगारी दिनु भएको उहाँले हरेक वर्षको हिउंदमा अचारको माग बढ्ने गरेको बताउनु भयो । विशेष गरि मंसिर, पुस र माघ महिनामा अत्याधिक माग हुने गरेकोले माग अनुसार पर्याउन नसकेको उहाँको गुनासो छ ।   कुनै पनि रसायन प्रयोग नगरि घरेलु माध्यमबाट अचार बनाउने भएकोले यहाँको आचार देश विदेशका विभिन्न स्थानमा कोशेलीको रुपमा समेत प्रयोग हुने गरेको छ । पश्चिम नेपालका विभिन्न शहरमा आयोजना हुने साना ठूला सबै कृर्षी, उद्योग तथा व्यापार मेला महोत्सवमा उहाँको अचारको स्टल राख्न आयोजकहरुको अनुरोधको लाईन नै हुने गर्दछ । सीमावर्ति भारतीय बजार सुनौली, नौतनवामा पाईने अचार तुलानात्मक रुपमा महंगो तथा केमीकल प्रयोग गरिएको हुनाले नेपालीले मात्रै नभई भारतीयहरुले समेत बसन्ती अचार खोजी खोजी खरिद गर्ने गरेका छन् । विगत लामो समय देखि बसन्ती अचार उद्योगबाट अचार लगेर विक्रि गर्दै आएका राजेन्द्र गुप्ताले उपभोक्ताको माग बढि भन्दा बढि हुने गरेको बताउनु भयो । महिलाहरु गृहणीको रुपमा मात्रै काम गरेर बसीरहने वा पैसा कमाउने सपना बोकी विदेश धाउने संस्कारलाइ परिवर्तन गरी घरमै टोल छिमेकका दिदीबहिनी मिलेर सानो लगानीमा गर्न सकिने अचार उद्योग, सस उद्योग, गुडीया उद्योग, माला उद्योग लगायतका घरेलुु उद्योग खोल्न सकेमा महिलाहरु आत्मनिर्भर बन्न सफल हुने छन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित