FLASH NEWS
- Loading...
सगरमाथाको उचाई मापन गरीने
- कृषि टि.भी.
- ३ साल अघि
- १२ पटक पढिएको

सरकारले विश्वकै सर्वोच्च हिमशिखर सगरमाथाको उचाई मापन गर्ने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्राविधिक टोली पठाएर सगरमाथाको उचाई नाप्न लागेको हो । उक्त प्राविधिक टोलीलाई प्रधानमन्त्री केपी ओली र विभागीय मन्त्री पद्मा अर्यालले बुधबार विदाइ गर्नुभयो । टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम,नापी अधिकृत रबिन कार्की,सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताल रहेका छन् । करिव एक महिनाको समयमा सगरमाथाको उचाइ नापी सक्ने योजनका राखिएको छ । विदाइ कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको तर्फबाट पहिलो पटक सगरमाथाको उचाइ नाप्न लागिएकाले यस टोलीको प्रतिवदेन आधिकारिक हुने बताउनुभयो । नेपाल सरकारको तर्फबाट पहिलो पटक सगरमाथाको उचाइ मापन हुन लागेको भन्दै उहाँले सेन्टीमिटर सहितको उचाइ नापेर ल्याउन निर्देशन दिनुभया ।


प्रतिक्रिया दिनुहोस
