FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • अलैँचीको बीमा

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १४ पटक पढिएको
    अलैँचीको बीमा

    बीमा समितिले अलैंची खेतीलाई पनि बीमामा समेटेको छ । अलैंचीको बीमा गर्न न्यूनतम ३ सय बोट हुनु पर्ने बीमा समितिले जनाएको छ ।
    यस्तोे बीमा बिरुवा रोपिएको वर्ष देखि १६ वर्ष सम्म गर्न सकिने छ । किसानका अनुसार अलैंचीले बढीमा लगाएको ३६ वर्ष सम्म उत्पादन दिन सक्दछ । यही उत्पादन अवस्थालाई हेरेर बढीमा १६ वर्ष सम्म बीमा गर्न पाउने व्यवस्था गरिएको हो । आगलागी, चट्याङ, भूकम्प, बाढी, डुबान, खडेरी, पहिरो, भूस्खलन, आँधीबेहरी, असिना, हिँउ वा तुषारो, आकस्मिक दुर्घटना र बाह्य कारण, कीरा तथा रोगबाट हुने हानिनोक्सानी भएको खण्डमा किसानलाई धेरै घाटा नहोस भनेर कार्यक्रम ल्याईएको समितिले जनाएको छ । 

    पहिलो वर्ष लागत मूल्य (प्रतिहेक्टर) र बिरुवाको संख्या (प्रतिहेक्टर) को आधारमा बीमांक गणना गरिन्छ । त्यस पछि दोस्रो र तेस्रो वर्ष बीमांक रकम ८ प्रतिशतले बढ्नेछ । यसै गरी चौथो वर्ष देखि १६ औं वर्ष सम्म बीमांक रकम प्रति वर्ष २० प्रतिशतका दरले वृद्धि हुने व्यवस्था छ । यसरी गणना गरिएको बीमांकको ५ प्रतिशतका दरले बीमा शुल्क तोकिन्छ । प्रत्येक वर्ष नयाँ बीमांक गणना हुने भएकाले सोही अनुसार प्रत्येक वर्ष रकमको आधारमा बीमा शुल्क परिवर्तन हुन सक्ने पनि समितिले जानकारी दिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित