- Loading...
माछा आयात रोकिएन
- कृषि टि.भी.
- ३ साल अघि
- २१ पटक पढिएको

भारतीय माछा आयातमा रोक लगाइए पनि विराटनगर बजारमा भने अत्याधिक मात्रामा माछा भित्रने गरेको छ । व्यापारीले भने शत प्रतिशत सम्म मूल्य बढाएर विक्रि गरिरहेका छन् । झापा र मोरङका विभिन्न छोटी नाकाबाट दैनिक चार टन सम्म माछा भित्रने गरेको छ । स्थानीय बजारमा मात्रै दैनिक सरदर ५ टन सम्म माछाको किन बेच हुने गरेको छ । त्यस मध्ये झन्डै ४ टन भारतीय माछाको खपत रहेको छ । थोक बिक्रेताहरुका अनुसार स्थानीय उत्पादन सरदर दैनिक एक टन मात्र उपलब्ध हुने गरेको छ । सरकारले आयातमा रोक लगाए पनि भारतीय माछाको आयात भईहरेको छ ।

आयातमा रोक लगाए पछि थोक मूल्यमा प्रति केजी ४० देखि ५० रुपैयाँ सम्म बढेको छ । विराटनगर बजारमा दैनिक कम्तीमा ५ टन माछाको आवश्यकता पर्ने गरेको छ । ‘चोरी पैठारीबाट भए पनि भारतीय माछा आयात भइरहेकाले बजारमा अभाव माछाको अभाव नभएको उपभोक्ताको भनाई छ । प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजना अन्तर्गत मोरङमा तीन वर्षको अवधिमा करिब ४ करोड रुपैयाँ किसानलाई माछा खेतीका लागि अनुदान दिइसकेको छ । परियोजनाले किसानलाई एक हेक्टरमा पोखरी खन्न ३ लाख रुपैयाँ अनुदान दिँदै आएको छ ।

