- Loading...
चिया श्रमिकको गुनासो
- कृषि टि.भी.
- ३ साल अघि
- १२ पटक पढिएको

न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चिया बगानमा कार्यरत श्रमिकका लागि उद्योग प्रतिष्ठान भन्दा कम पारिश्रमिक निर्धारण गरेको छ ।गत साउन ३१ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार नयाँ तलब साउन १ देखि लागू हुने भनिएको थियो । तर सरकारले तोकेको तलब नपाए पछि चिया श्रमिकहरू आन्दोलनमा उत्रिएको धेरै दिन भईसकेको छ । चिया बगानका श्रमिकको आधारभूत मासिक तलब ६ हजार ४ सय ६९ र महँगी भत्ता बापत ४ हजार ३ सय १२ रुपैयाँ, दैनिक ज्यालादर २ सय ३१ र महँगी भत्ता १ सय ५४ गरी ३ सय ८५ र प्रति घण्टा २० रुपैयाँ महँगी भत्ता सहित ३१ रुपैयाँ तोकिएको छ । उद्योग प्रतिष्ठानमा कार्यरत श्रमिकको महँगी भत्ता सहित मासिक तलब १३ हजार ४ सय ५० रुपैयाँ, दैनिक ज्याला ५ सय १७ र प्रति घण्टा ज्याला ६९ रुपैयाँ तोकिएको छ । यसरी विभेदपूर्ण ढंगले कम तलब निर्धारण गर्दा पनि तोकिएको ज्याला पाउन नसकेको भन्दै आन्दोलनमा उत्रन बाध्य भएको चिया श्रमिकको भनाई छ । चिया क्षेत्र र अन्य क्षेत्रमा समान तलब सेवा सुविधा हुनु पर्ने उनिहरुको भनाई छ । तर श्रम मन्त्रालयका अनुसार चिया उद्योगीकै सहमतिमा न्यूनतम पारिश्रमिक निर्धारण गरिएको हो ।


