FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • भक्तपुरमा फेरि बर्डफ्लु

    • कृषि टि.भी.
    • ४ साल अघि
    • २९ पटक पढिएको
    भक्तपुरमा फेरि बर्डफ्लु

    भक्तपुरको सूर्य्विनायक नगरपालिका–१ दधिकोटमा रहेको फार्मको कुखुरामा फेरि एच वान एन वान भाइरस बर्डफ्लु भेटिएको छ । बर्डफ्लु भेटिए पछि रातारात कुखुरा नष्ट गरिएको छ । दधिकोट स्थित अनुस्कृत कुखुरा फार्ममा रहेको ब्रोइलर कुखुरामा बर्डफ्लु भेटिए पछि कुखुरानष्ट गरिएको हो । फार्म सञ्चालक मधुराम न्यौपानेको कुखुरा फार्ममा रहेको ब्रोइलर कुखुरामा बर्डफ्लु भएको पाइए पछि दुई हजार २ सय ब्रोइलर कुखुरा नष्ट गरिएको छ । फार्ममा रहेका कुुखुरामा एच वान एन वान बर्डफ्लुको भाइरस भेटिए पछि पशु सेवा विभागको प्राविधिक टोली, स्थानीय जनप्रतिनिधि तथा प्रशासनको रोहबरमा कुखुरा नष्ट गरिएको फार्म सञ्चालक न्यौपानेले जानकारी दिनु भयो । बर्डफ्लु सङ्क्रमित क्षेत्रको चार किल्ला भित्र कुखुरा नष्ट गरी खाडलमा पुरिएको छ भने खाली खोरलाई सङ्क्रमणमुक्त बनाउँदै बर्डफ्लु प्रभावित क्षेत्रका कुखुरा फार्ममा चुना र ‘भिर्कोन स्प्रे’ छर्ने काम गरिएको छ । यस अघि पनि सोही वडाको उत्कृष्ट बहुउद्देश्यीय कृषि फार्मका कुखुरामा पनि बर्डफ्लु पुष्टि भए पछि दुई हजार ९ सय ८५ लेयर्स कुखुरा नष्ट गरिएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित