- Loading...
किसानलाई हाते ट्याक्टर वितरण
- कृषि टि.भी.
- ३ साल अघि
- १० पटक पढिएको

उदयपुरको त्रियुगा नगरपालिका गाईघाटले कृषिलाई व्यवसायीक यान्त्रिकीकरण तथा आधुनिकीकरण गर्दै लैजाने उद्देश्यले किसानहरूलाई हाते ट्याक्टर वितरण गर्न थालेको छ ।नगरपालिकाले चालू आर्थिक वर्षको विनियोजित बजेटबाट किसानलाई ट्याक्टर वितरण गरेको हो । परम्परागत रूपमा गरिँदै आएको कृषि प्रणालीको विकास गर्ने उद्देश्यले कृषकहरूलाई हाते ट्याक्टर वितरण गरेको नगरपालीकाले जनाएको छ । त्रियुगा नगरपालिका गाईघाटले विभिन्न वडाका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा उपकरण वितरण गरेको हो । व्यवसायिक तथा बेमौसमी तरकारी खेती गर्न कृषक समूहलाई खेत जोत्न, तरकारी तथा फलफूल लगाउनका लागि हाते ट्याक्टर प्रभावकारी हुँदै गए पछि यसको वितरण गरिएको त्रियुगा नगरपालिको कृषि विकास शाखाले जानकारी दिएको छ । कार्यलयले कृषिलाई यान्त्रिकीकरण गर्दै देशको अर्थतन्त्र मजबुत पार्न हाते ट्याक्टरको वितरण गर्दै आएको जनाएको हो । ट्याक्टरलाई प्रयोग गरेर कृषकलाई चाहिने अन्नपात, तरकारी, फलफूल लगायतको उत्पादन गर्न प्रयोग गर्नु पर्नेमा कार्यलयले जोड दिएको छ । परम्परागत प्रणालीमा गरिने कृषिलाई अत्य गरी कृषिलाई आधुनिकिकरण तथा यान्त्रिकरण गरी व्यवसायिक कृषि प्रणाली अपनाएर कृषि क्रान्ति गर्ने उद्देश्यले हाते ट्याक्टर वितरण गर्न थालिएको नगरपालीकाले जनाएको छ । नगरपालिकाले कृषिलाई आधुनिकिकरण तथा यान्त्रिकरण गर्दै व्यवसायिक र बजारीकरण समेत गर्ने लक्ष्य लिएको छ ।


