FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • खाद्यान्न ढुवानी रोकियो

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १३ पटक पढिएको
    खाद्यान्न ढुवानी रोकियो

    हुम्लामा नेपाल खाद्य संस्थानको ढुवानी अनुदानको खाद्यान्न ढुवानी हुने कार्य रोकिएको छ । नीजि एयरलाईन्सका हवाई जहाजहरु काठमाडौं फर्के पछि जहाजकै अभावमा खाद्यान्न ढुवानी कार्य रोकिएको हो । दुई हप्ता यता नेपालगंज र सुर्खेतबाट खाद्यान्न ढुवानी हुने कार्य रोकिएको नेपाल खाद्य संस्थान सिमकोट शाखाले जानकारी दिएको छ । खाद्यान्न ढुवानी हुन रोकिए पछि चालु आर्थिक बर्षको १२ हजार चार सय क्वीन्टल खाद्यान्न मध्ये एक हजार चार सय क्वीन्टल ढुवानी हुन बाँकी रहेको र संस्थानले थप चार हजार क्वीन्टल खाद्यान्न थप गरे पछि उक्त खाद्यान्न समेत ढुवानी गर्न बाँकी रहेको छ ।   नाफा मुखी नीजि एयरलाईन्सहरुले अहिले अफ सिजन भनेर जहाजहरुलाई काठमाडौं केन्द्रित गरेकोले खाद्यान्न ढुवानी गर्न समस्या भएको हो । अबको एक महिना पछि मानसरोवर कैशालको सिजन सुरु भए पछि हवाई जहाजबाट खाद्यान्न ढुवानी गर्न कठिन हुने छ । सो कुरालाई मध्य नजर गरि थप भएको चार हजार क्वीन्टल खाद्यान्न ढुवानीका लागि संस्थानले केरुङ नाकाबाट पैदल मार्गमा हिल्सा हुँदै याल्बाङ सम्म ढुवानी गर्ने तर्फ पनि तयारी गरी रहेको संस्थानले जनाएको छ । उक्त मार्गबाट खाद्यान्न ढुवानी भए सस्तोमा खाद्यान्न ढुवानी हुने संस्थानको दाबी छ । केरुङ हुँदै हिल्साबाट खाद्यान्न सिमकोट आए असी र नब्बे रुपैयाँमा प्रति केजी खाद्यान्न ढुवानी हुने गरी संस्थानले टेण्डर आहवान गर्न लागेको छ । हाल नेपालगंजबाट प्रतिकेजी एक सय चौध रुपैयाँ र सुर्खेत बाट प्रति केजी एक सय पाँच रुपैयाँ ढुवानी मुल्य पर्ने गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित