FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • तरकारी खेती बाट राम्रो आम्दानी

    • कृषि टि.भी.
    • ४ साल अघि
    • ३० पटक पढिएको
    तरकारी खेती बाट राम्रो आम्दानी

    बाजुराको बूढीगङ्गा नगरपालिकाका कृषकले गाउँमा रहेको बाँझो जमिनमा तरकारी खेती गर्न थालेपछि जीविकोपार्जन सहज भएको छ ।
    बाँझो जमिनमा तरकारी खेती गरेर राम्रो कमाइ हुन थाले पछि अहिले खर्चको लागी समस्या नभएको स्थानीय कृषकले बताएका छन् । कृषकले मौसमी तथा बेमौसमी तरकारी खेती गरेर राम्रो आम्दानी गर्न सफल भएका हुन् । स्थानीय कृषकले बाँझो जमिनमा तरकारी खेती गरेर मासिक एक लाख रुपैँया सम्म् आम्दानी गर्ने गरेका छन् । उद्यम गरेमा बारीमा नै पैसा फल्ने उनिहरुको भनाई छ । तरकारी खेती गरेर राम्रो आम्दानी हुन थाले पछि कृषकहरुले माछा तथा सँुगुरपालन पनि सुरु गर्ने योजना बनाएका छन् । तर तरकारी खेती गर्दा सरकारी, गैरसरकारी लगायत कुनै क्षेत्रबाट पनि सहयोग नपाएको उनिहरुको गुनासो छ ।  अहिले खेत जोत्न हाते ट्याक्टरहरु वितरण हुने, सिँचाइका ठूला ठूला योजनाहरु बन्ने गरेको भए पनि आफुहरुले भने कुनै किसिमको सेवा सुबिधा नपाएको उनिहरुको गुनासो छ । मौसम परिवर्तन सँगै वर्षाको बेला कीरा लाग्ने र धेरै तरकारी कुहिएर जाने गरेको छ । जसले गर्दा लाखाँैको हानि नोक्सानी बेहोर्नु परेको छ । स्थानीय सरकारले गाउँमा कृषिमा लाग्नेलाई केही उद्यम कार्यक्रम ल्याउनुको साटो सडकमा मात्र बजेट खर्च गरी डोजर मालिक र गाउँका अगुवालाई पाल्ने काम गरेको उनिहरुको गुनासो छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित