FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • सामूहिक च्याउखेती

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १६ पटक पढिएको
    सामूहिक च्याउखेती

    बाँके बैजनाथ गाउँपालिका –१ का युवाहरूले दुई करोडको लागतमा गरिरहेको सामूहिक च्याउखेतीबाट वार्षिक ८० लाख सम्म आम्दानी भइरहेको छ ।सुरुमा एक करोडको लागतमा आधुनिक प्रविधिबाट च्याउ खेती सुरु गरेका युवाहरूले च्याउको माग बढ्दै गए पछि थप एक करोड लगानी गरी दुई करोड लगानी पु¥याएको भ्याली एग्रो फर्मले जानकारी दिएको छ । स्थानीय युवाहरूको समूहले बाँकेको बैजनाथ गाउँपालिका –१ गाभरमा भ्याली एग्रो फार्म स्थापना गरेर अर्र्गा्निक च्याउ खेती गरेका हुन् । च्याउ खेतीबाट वार्षिक ८० लाख रुपैयाँ सम्म आम्दानी भईरहेको छ । दुई वर्ष अघि एक करोडको लगानीमा सुरु गरिएको सो व्यवसायमा व्यक्तिगत ६५ लाख र साना तथा मझौला कृषक आय स्तर वृद्धि आयोजनाको अनुदान रकम ३१ लाख ५७ हजार ७ सय ३७ गरी ९७ लाख २८ हजार ३ सय ९ थप लगानी गर्दा सुरू देखि अहिले सम्म दुई करोड लगानी भइसकेको फार्म सञ्चालकहरुले बताएका छन् ।   

    सञ्चालकका अनुसार विगतमा वार्षिक ३० हजार किलो च्याउ उत्पादन भए पनि लगानी थपिएसँगै अहिले च्याउको उत्पादन बढेको छ । सो फर्मबाट अहिले वार्षिक एक सय १२ टन सम्म च्याउ उत्पादन हुने गरेको छ । भ्याली एग्रो फार्ममा उत्पादित सबै च्याउ बजारमा सहजै खपत भइरहेको र माग अझै पनि बढ्दै गएको छ । गाभरमा उत्पादित च्याउ कोहलपुर, नेपालगञ्ज, सुर्खेत, बुटवल, पोखरा नारायणगढ र काठमाडौँमा खपत भइरहेको छ । बजारमा च्याउको माग बढ्दै गएकोले अहिलेको उत्पादनले माग अनुसार आपूर्ति गर्न नसकेको उद्योगीको भनाई छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित