FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • आँपमा क्षति

    • कृषि टि.भी.
    • ४ साल अघि
    • ३६ पटक पढिएको
    आँपमा क्षति

    यस वर्ष बजारमा आँपको मूल्य बढ्ने सम्भावना देखिएको छ । गत साता बारा र पर्सामा आएको हावाहुरीबाट सबै भन्दा बढी आँपमा क्षति भएकोले यस वर्ष आँपको मूल्य बढ्ने सम्भावना देखिएको हो । कृषि मन्त्रालयले प्रभावित क्षेत्रको अवलोकन गरि तयार पारेको प्रतिवेदनले सबै भन्दा बढी आँपमा क्षति भएको देखाएको छ । हावाहुरीबाट बारा र पर्साका कृषि बालीमा भएको ५० करोडको क्षति मध्ये २९ करोड ७३ लाख ६० हजार मूल्य बराबरको आँपमा क्षति भएको छ । बारामा मात्रै ३८ करोड २४ लाख रूपैयाँको कृषि उपजको क्षति भएको छ । पर्सामा ११ करोड ७९ लाख रुपैयाँको क्षति छ । हावाहुरी पश्चात अनुगमन गर्न गएको मन्त्रालयको टोलीले हावाहुरीले कोपिला मात्र नझारी आँपको रूख नै ढलेको हुनाले आँपको मूल्यमा समेत प्रभाव पर्ने जनाएको छ ।   

    हावाहुरीले कोपिला मात्र नझरी आँपको रूख नै ढलेको हुनाले मन्त्रालयले आँपको मूल्य बढ्ने अनुमान गरेको हो । अन्य जिल्लामा आँप बढी फले भए बारा तथा पर्सामा ठुलो परिमाणको आँप उत्पादन हुने भएकोले यस वर्ष आँप सप्लाईमा भने कमी आउँने छ । हावाहुरीले मालदह, बम्बै, कृष्णभोग लगायतका आँपका बोट बिरूवा नष्ट गरेको मन्त्रालयले जनाएको छ । मान्त्रालयका अनुसार क्षति भएको ठाउँको पुनरूत्थानको लागि केन्द्रमा भएको २ करोड ५० लाख मध्ये केही रकम बिऊ बिजनको लागि सहयोग गरिने छ । त्यसका लागि मन्त्रालयले कार्य्विधि बनाएर अघि बढ्ने भएको छ । प्रतिवेदन अनुसार क्षेत्रफलका आधारमा ४ हजार ५ सय ५२ हेक्टर खेतीयोग्य जमिनमा क्षति पुगेको छ । जसमध्ये १ हजार ४ सय ३५ हेक्टरमा पूर्ण रूपमा क्षति भएको छ भने ३ हजार १ सय १६ हेक्टरमा आंशिक रूपमा क्षति भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित